Publicidade

Salmos 128

आरोहणको गीत।

1 याहवेहको भय मान्‍नेहरू

र उहाँमा आज्ञाकारी भएर हिँड्नेहरू सबै धन्यका हुन्।

2 तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ;

भलाइ र समृद्धि तिम्रा हुनेछन्।

3 तिम्रो घरमा तिम्री पत्नी

फलवन्त दाखको बोटझैँ हुनेछिन्;

र तिम्रा छोराछोरीहरू तिम्रो टेबुलको वरिपरि

जैतुनका मुनाहरूजस्तै हुनेछन्।

4 हो, याहवेहको भय मान्‍ने जन

यसरी नै आशिषित हुनेछ।

5 याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्;

तिम्रो जीवनभरि नै

तिमीले यरूशलेमको समृद्धि देख्नेछौ।

6 तिमी आफ्ना नातिनातिनाहरूलाई देख्ने गरी बाँच—

इस्राएलमाथि शान्ति रहोस्!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-