Publicidade

Salmos 129

आरोहणको गीत।

1 "मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,"

इस्राएलले यसो भनोस्;

2 "तिनीहरूले मेरो युवावस्थादेखि मलाई धेरै सताएका छन्;

तर तिनीहरूले मलाई जित्न सकेका छैनन्।

3 हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्;

र पिठिउँभरि लामा फालिहरूले कोरेका छन्।

4 तर याहवेह धार्मिक हुनुहुन्छ;

उहाँले दुष्‍टहरूका बन्धन तोडेर मलाई मुक्त गर्नुभएको छ।"

5 सियोनलाई घृणा गर्नेहरू सबै

लज्जित भएर फर्किऊन्!

6 तिनीहरू छानामाथिका घाँसजस्ता होऊन्,

जो बढ्न नपाउँदै ओइलाइहाल्छन्;

7 त्यसबाट काट्नेले आफ्नो एक मुट्ठी पनि भर्न सक्दैन,

न बिटा बटुल्नेले एक अँगालो नै भर्न सक्दछ।

8 त्यहाँबाट भएर जानेहरूले तिनीहरूका निम्ति यस्तो कामना नगरून्,

"याहवेहको आशिष् तिमीहरूमाथि रहोस्;

याहवेहका नाममा हामी तिमीहरूलाई आशिष् दिन्छौँ।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-