Publicidade

Salmos 23

दावीदको भजन।

1 याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन।

2 उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ;

उहाँले मलाई शान्त पानीतिर डोर्‍याउनुहुन्छ।

3 उहाँले मेरो प्राणलाई पुनः ताजा पार्नुहुन्छ।

उहाँले आफ्नो नामको खातिर

मलाई धार्मिकताका मार्गहरूमा अगुवाइ गर्नुहुन्छ।

4 मृत्युको अन्धकारमय

घाटीबाट भएर जानुपरे तापनि

म कुनै खतरादेखि डराउनेछैनँ;

किनकि तपाईं मेरो साथमा हुनुहुन्छ;

तपाईंको लहुरो र तपाईंको छडीले

मलाई सान्त्वना दिन्छन्।

5 तपाईंले मेरा शत्रुहरूको सामु,

मेरो निम्ति भोज तयार पार्नुहुन्छ।

तपाईंले मेरो शीरलाई तेलले अभिषेक गर्नुहुन्छ;

मेरो कचौरा भरिएर पोखिन्छ।

6 निश्‍चय नै तपाईंको भलाइ र प्रेम

मेरो जीवनभरि हरेक दिन मेरो पछि लाग्नेछन्,

र म सधैँभरि

याहवेहको भवनमा बास गर्नेछु।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-