Publicidade

Salmos 126

आरोहणको गीत।

1 जब याहवेहले निर्वासितहरूलाई सियोनमा फर्काएर ल्याउनुभयो,

यो त सपनाजस्तो थियो।

2 त्यस बेला हाम्रा मुहारहरू हाँसोले भरिए;

हाम्रा जिब्राहरू हर्षका गीतले भरिए।

तब जाति-जातिहरूका बीच यसो भनियो,

"याहवेहले तिनीहरूका निम्ति महान् कार्यहरू गर्नुभएको छ।"

3 याहवेहले हाम्रा निम्ति महान् कार्यहरू गर्नुभएको छ,

र हामी आनन्दले भरिएका छौँ।

4 हे याहवेह, दक्षिण देशका पानीका मुहानहरूझैँ,

निर्वासितहरूलाई स्थापित गरिदिनुहोस्!

5 जसले आँसु बहाउँदै बिउ छर्दछन्,

तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्।

6 जो रुँदै-रुँदै बिउ बोकेर

छर्नको लागि बाहिर जान्छन्,

तिनीहरू हर्षका गीत गाउँदै

अन्‍नका बिटाहरू बोकेर फर्कनेछन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-