Publicidade

Salmos 28

दावीदको भजन।

1 हे याहवेह, म तपाईंलाई पुकार्दछु;

तपाईं मेरा चट्टान हुनुहुन्छ,

मेरो पुकार नसुनेजस्तो नगर्नुहोस्;

किनकि यदि तपाईं मौन रहनुभयो भने,

म चिहानमा पर्नेहरूजस्तै हुनेछु।

2 मेरा हातहरू तपाईंको महा-पवित्रस्थानतर्फ पसार्दा,

मदतको निम्ति मैले तपाईंलाई पुकार्दा,

तपाईंको कृपाको निम्ति मेरो पुकार सुन्‍नुहोस्।

3 मलाई दुष्‍टहरूसित मर्नलाई नलैजानुहोस्;

ती दुष्‍ट काम गर्नेहरूसित,

जो छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्छन्,

तर तिनीहरूका हृदयमा भने उनीहरूलाई क्षति पुर्‍याउने योजना गर्छन्।

4 तिनीहरूका काम र तिनीहरूले गरेका

दुष्‍ट कामअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्;

तिनीहरूका हातका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहोस्;

र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस्।

5 किनकि तिनीहरूले याहवेहका कामहरू,

र उहाँका हातले गरेका कामहरूको इज्जत गर्दैनन्;

उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ,

र तिनीहरूलाई फेरि पुनर्निर्माण गर्नुहुनेछैन।

6 याहवेहलाई प्रशंसा होस्;

किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्‍नुभएको छ।

7 याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ;

मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ;

मेरो हृदय आनन्दले उफ्रन्छ,

र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।

8 याहवेह आफ्नो प्रजाको निम्ति शक्ति हुनुहुन्छ,

र आफ्नो अभिषिक्त जनको निम्ति मुक्तिको किल्‍ला हुनुहुन्छ।

9 तपाईंको प्रजाहरूलाई बचाउनुहोस् र तपाईंको उत्तराधिकारलाई आशिष् दिनुहोस्;

तिनीहरूका गोठालो हुनुहोस् र सदाकालको निम्ति तिनीहरूलाई सम्हाल्नुहोस्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-