Publicidade

Salmos 133

दावीदको आरोहणको गीत।

1 परमेश्‍वरका जनहरू एक-आपसमा एकतामा बस्‍नु

कति असल र आनन्दमय कुरा हुन्छ!

2 यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ,

जो दाह्रीसम्म बगेर जान्छ,

हारूनको दाह्रीसम्म बगेर जान्छ,

जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ।

3 त्यो हेर्मोन पर्वतको शीत

सियोन पर्वतमा परेजस्तै हुन्छ;

किनकि त्यहीँ नै याहवेहले,

आफ्नो अनन्त जीवनको आशिष् समेत खन्याउनुहुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-