Publicidade

Salmos 149

1 याहवेहको प्रशंसा गर!पदमा पनि

याहवेहको निम्ति एउटा नयाँ गीत गाओ,

उहाँको प्रशंसा उहाँका विश्‍वासयोग्य जनहरूका सभामा छ।

2 इस्राएल आफ्ना सृष्‍टिकर्तामा आनन्दित होओस्;

सियोनका मानिसहरू तिनीहरूका राजामा रमाऊन्!

3 तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्;

र उहाँको निम्ति खैँजडी र वीणाको सङ्गीत बजाऊन्!

4 किनकि याहवेह आफ्ना प्रजासित प्रसन्‍न हुनुहुन्छ;

उहाँले नम्रहरूलाई विजयको मुकुट पहिर्‍याइदिनुहुन्छ।

5 उहाँका विश्‍वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्;

र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्!

6 तिनीहरूका मुखमा परमेश्‍वरको प्रशंसा होस्,

र तिनीहरूका हातमा दुईधारे तरवार होस्,

7 ताकि राष्ट्रहरूका विरुद्धमा तिनीहरूले बदला लिनका निम्ति,

र जाति-जातिहरूलाई दण्ड दिन;

8 तिनीहरूका राजालाई साङ्लाहरूले,

र तिनीहरूका भारदारलाई फलामका साङ्लाहरूले बाँध्न;

9 तिनीहरूका विरुद्ध लेखिएका मृत्युदण्ड दिन सकून्—

यही नै उहाँका सबै विश्‍वासयोग्य जनहरूको महिमा हो।

याहवेहको प्रशंसा गर!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-