Publicidade

Salmos 120

आरोहणको गीत।

1 मेरो सङ्कष्‍टमा म याहवेहलाई पुकार्दछु,

र उहाँले मलाई जवाफ दिनुहुन्छ।

2 हे याहवेह, मलाई

झूटो बोल्ने ओठ

र छली जिब्रोबाट बचाउनुहोस्।

3 ए छली जिब्रो,

उहाँले तँलाई के गर्नुहुनेछ?

अनि अझ बढ्ता के गर्नुहोला?

4 उहाँले तँलाई योद्धाका तीखा काँडले हानेर,

र झाडीको आगोले जलाएर दण्ड दिनुहुनेछ!

5 मलाई धिक्‍कार छ! म मेशेकमा बास गर्दछु;

किनकि केदारका पालहरूका बीचमा बसेको छु!

6 शान्तिलाई घृणा गर्नेहरूका बीचमा

म बसेको धेरै समय भयो।

7 म त शान्तिप्रिय व्यक्ति हुँ;

तर मैले बोल्दा, तिनीहरू लडाइँ गर्न तम्सिन्छन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-