Publicidade

Salmos 150

1 याहवेहको प्रशंसा गर!पदमा पनि

परमेश्‍वरलाई उहाँको पवित्र वासस्थानमा प्रशंसा गर;

उहाँको शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर!

2 उहाँका शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर;

उहाँको अपार महानताको निम्ति उहाँको प्रशंसा गर!

3 तुरही फुक्दै उहाँको प्रशंसा गर;

वीणा र सितार बजाएर उहाँको प्रशंसा गर!

4 खैँजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर;

तारबाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!

5 झ्याली बजाएर उहाँको प्रशंसा गर;

गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!

6 सास हुने हरेकले याहवेहको प्रशंसा गरून्!

याहवेहको प्रशंसा गर!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-