Publicidade

Salmos 113

1 याहवेहको प्रशंसा गर!पदमा पनि

हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर!

याहवेहको नामको प्रशंसा गर!

2 अहिलेदेखि लिएर सदासर्वदा,

याहवेहको नामको प्रशंसा भइरहोस्!

3 सूर्योदयदेखि सूर्यास्तसम्म नै

याहवेहको नामको प्रशंसा हुनुपर्छ!

4 याहवेह सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ;

र उहाँको महिमा आकाशभन्दा उच्‍च छ।

5 याहवेह हाम्रा परमेश्‍वरजस्तो को छ र?

उहाँ उच्‍च सिंहासनमा विराजमान हुनुहुन्छ,

6 जो स्वर्ग र पृथ्वीलाई हेर्न भनी

तल निहुरनुहुन्छ।

7 उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ,

अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ।

8 उहाँले तिनीहरूलाई राजकुमारहरूसित,

आफ्नै प्रजाका राजकुमारहरूसित बसाउनुहुन्छ।

9 उहाँले बाँझी स्त्रीलाई सन्तान दिनुभएर

उनलाई सुखी आमाको रूपमा उनको घरमा स्थिर गरिदिनुहुन्छ।

याहवेहको प्रशंसा गर!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-