Publicidade

Salmos 24

दावीदको भजन।

1 पृथ्वी र यसमा भएका सबै थोक,

यो संसार र यसमा बास गर्ने सबै प्राणीहरू याहवेहकै हुन्;

2 किनकि उहाँले पृथ्वीलाई समुद्रमाथि बसाल्नुभयो,

र पानीमाथि स्थापित गर्नुभयो।

3 याहवेहको डाँडामा को उक्लिन सक्ला?

उहाँको पवित्रस्थानमा को उभिन सक्ला?

4 त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ;

जसले मूर्तिमाथि भरोसा राख्दैन,

अथवा जसले झूटो ईश्‍वरको नाममा शपथ खाँदैन।

5 तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्,

र मुक्तिदाता परमेश्‍वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ।

6 उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्,

जसले तपाईंको दर्शन खोज्दछन्, हे याकोबका परमेश्‍वर। सेला

7 हे मूलढोकाहरू हो, आफ्ना शिर उच्‍च पार;

हे सनातनका द्वारहरू हो, आफ्ना शिर उठाओ,

ताकि महिमाका महाराजा प्रवेश गरून्।

8 यी महिमाका राजा को हुनुहुन्छ?

याहवेह, जो बलियो र शक्तिशाली हुनुहुन्छ,

याहवेह, जो लडाइँमा पराक्रमी हुनुहुन्छ।

9 हे मूलढोकाहरू हो, आफ्ना शिर उच्‍च पार;

हे सनातनका ढोकाहरू हो, आफ्ना शिर उठाओ;

ताकि महिमाका महाराजा प्रवेश गरून्।

10 महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ?

सेनाहरूका याहवेह—

उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-