Publicidade

Salmos 13

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1 हे याहवेह, कहिलेसम्म? के सधैँभरिको लागि तपाईंले बिर्सनुहुन्छ?

तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ?

2 कहिलेसम्म मैले आफ्नो चिन्ता बोक्ने,

र दिनहुँ मेरो हृदयमा शोक बोकिराख्ने?

मेरा शत्रुहरू कहिलेसम्म ममाथि विजयी भइरहने?

3 हे याहवेह, मेरा परमेश्‍वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस्;

मेरा आँखालाई ज्योति दिनुहोस्, नत्रता म मृत्युको निद्रामा पर्नेछु।

4 नत्रता मेरो वैरीहरूले भन्‍नेछ, "मैले त्यसमाथि विजय पाएको छु,"

र जब म डगमगाउँछु, मेरा वैरीहरू रमाउनेछन्।

5 तर मैले तपाईंको अचुक प्रेममा भरोसा राखेको छु;

मेरो हृदय तपाईंको मुक्तिमा रमाउँछ।

6 म याहवेहको स्तुति गाउनेछु;

किनकि उहाँ मप्रति भलो हुनुहुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-