Publicidade

Salmos 112

1 याहवेहको प्रशंसा गर!

त्यो मानिस धन्यको हो, जसले याहवेहको भय मान्दछ,

जो उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्‍न हुन्छ।

2 त्यसका सन्तानहरू पृथ्वीमाथि शक्तिशाली हुनेछन्;

धर्मी मानिसहरूका पुस्ताले आशिष् पाउनेछन्।

3 त्यसको घरमा धन र सम्पत्ति रहन्छ,

र त्यसको धार्मिकता सदाकाल रहिरहन्छ।

4 सत्यनिष्‍ठ मानिसहरू, जो अनुग्रही, दयालु, र धर्मी छन्,

तिनीहरूका निम्ति अन्धकारमा पनि ज्योति चम्कन्छ।

5 उदार चित्तले ऋण दिनेहरू,

र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ।

6 अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्;

तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ।

7 खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्;

याहवेहमा भरोसा गरेकोले तिनीहरूका हृदय दृढ रहन्छ।

8 तिनीहरूका हृदय निर्धक्‍क रहन्छ, र तिनीहरूलाई कुनै डर हुनेछैन;

अन्त्यमा तिनीहरूले आफ्ना वैरीहरू हार भएको देख्नेछन्।

9 तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्;

तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ;

तिनीहरूका शिर सम्मानले उच्‍च रहनेछ।

10 दुष्‍ट मानिस त्यो देखेर कुँडिनेछ;

तिनीहरूले आफ्ना दाह्रा किट्नेछन्, र नष्‍ट हुनेछन्;

दुष्‍टहरूका अभिलाषाहरू विफल हुन्छन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-