Pular para o conteúdo
Publicidade

यशैया 26

प्रशंसाको गीत

1 त्यस दिन यहूदा देशमा यो गीत गाइनेछ:

हाम्रो एउटा बलियो सहर छ;

परमप्रभुले हाम्रो सुरक्षाको लागि त्यसको भित्री

र बाहिरी पर्खालहरू बनाउनुभएको छ।

2 मूलढोकाहरू खोल,

र धार्मिक जाति,

विश्‍वास राख्ने जाति भित्र पसोस्।

3 जसको मन तपाईंमा अडिएको छ,

त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ;

किनकि त्यसले तपाईंमाथि भरोसा राख्छ।

4 सदासर्वदा याहवेहमा भरोसा राख;

किनकि याहवेह, याहवेह नै अनन्तका चट्टान हुनुहुन्छ।

5 उहाँले उच्‍चमा बस्‍नेहरूलाई नम्र तुल्याउनुहुन्छ,

उहाँले विशाल सहरलाई तल खसाल्नुहुन्छ;

उहाँले त्यसलाई जमिनमा मिलाइदिनुहुन्छ,

र धुलोमा फालिदिनुहुन्छ।

6 खुट्टाले त्यसलाई कुल्चिन्छ,

थिचोमिचोमा परेकाहरूका खुट्टाले

र गरिबका पाइलाले कुल्चीमिल्ची पार्नेछन्।

7 धर्मी जनको मार्ग समतल हुन्छ;

हे धर्मी प्रभु, तपाईंले नै धर्मी जनको मार्ग समतल तुल्याउनुहुन्छ।

8 हो, हे याहवेह, तपाईंका व्यवस्थाको मार्गमा हिँड्दै,

हामी तपाईंको प्रतीक्षा गर्छौँ;

तपाईंको नाम र ख्याति नै

हाम्रा हृदयका इच्छा हुन्।

9 राति मेरो प्राणले तपाईंको चाहना गर्दछ;

बिहान मेरो आत्माले तपाईंको चाहना गर्छ।

तपाईंका न्याय पृथ्वीमा आउँदा,

संसारका मानिसहरूले धार्मिकता सिक्छन्।

10 दुष्‍टहरूलाई अनुग्रह देखाइए तापनि

तिनीहरूले धार्मिकता सिक्दैनन्।

सोझाहरूको देशमा पनि तिनीहरू दुष्‍टता गरिनै रहन्छन्,

र याहवेहको महानताको कदर गर्दैनन्।

11 हे याहवेह, तपाईंको हात माथि उचालिएको छ,

तर तिनीहरूले त्यो देख्दैनन्।

तिनीहरूले तपाईंका मानिसहरूप्रति तपाईंको जोश देखून्, र शर्ममा परून्;

तपाईंका शत्रुहरूका निम्ति साँचिएको आगोले तिनीहरूलाई भस्म पारोस्।

12 याहवेह, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुन्छ;

हामीले पाएका सबै उपलब्धीहरू, ती सबै तपाईंले हाम्रै निम्ति गर्नुभएको हो।

13 हे याहवेह, हाम्रा परमेश्‍वर, तपाईंबाहेक अरू प्रभुहरूले हामीमाथि शासन गरे,

तर तपाईंको नामलाई मात्र हामी आदर गर्छौँ।

14 तिनीहरू अब मरेर गएका छन्, तिनीहरू फेरि बाँच्नेछैनन्;

ती गइसकेका आत्माहरू उठ्दैनन्।

तपाईंले तिनीहरूलाई दण्ड दिनुभयो र तिनीहरूलाई सर्वनाश पार्नुभयो;

तपाईंले तिनीहरूको सबै सम्झना मेटिदिनुभयो।

15 हे याहवेह, तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ;

तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ।

तपाईंले आफ्नै महिमा लिनुभएको छ;

तपाईंले देशका सबै सिमानाहरू फराकिलो पार्नुभएको छ।

16 हे याहवेह, सङ्कष्‍टमा तिनीहरू तपाईंकहाँ आए;

तपाईंले तिनीहरूलाई ताडना दिनुहुँदा

तिनीहरूले मुस्किलले प्रार्थना26:16 मूल भाषामा यस शब्दको अर्थ अनिश्‍चित छ। गर्न सके।

17 बालक जन्माउन आँटेकी स्त्री

छटपटाउँदै कष्‍टमा कराएझैँ,

हामी पनि हे याहवेह, तपाईंको उपस्थितिमा त्यस्तै भएका थियौँ।

18 हामीले गर्भधारण गर्‍यौँ, हामी कष्‍टमा छटपटायौँ,

तर हामीले त बतास मात्र जन्मायौँ।

हामीले पृथ्वीमा मुक्ति ल्याएका छैनौँ,

न त हामीले संसारका मानिसहरूलाई नै जन्मायौँ।

19 तर तपाईंका मरेकाहरू जिउनेछन्;

तिनीहरूका शरीरहरू उठ्नेछन्।

तिमीहरू धुलोमा बस्‍नेहरू, जाग

र आनन्दले कराऊ;

तपाईंका शीत बिहानका शीतझैँ छन्;

पृथ्वीले आफ्नो मृतकहरूलाई जन्म दिनेछ।

20 हे मेरा मानिस हो, जाओ, आफ्ना कोठाभित्र पस,

र पछिल्तिरबाट ढोका बन्द गर;

उहाँको क्रोध शान्त नहोउन्जेल

केही समयका निम्ति लुकिबस।

21 हेर, पृथ्वीका मानिसहरूलाई तिनीहरूका पापका निम्ति दण्ड दिनलाई,

याहवेह आफ्ना वासस्थानबाट बाहिर निस्की आउनुहुँदैछ।

पृथ्वीले त्यसमाथि बगाएको रगत देखाइदिनेछ;

त्यसले अब आफ्ना मृतकहरूलाई अझै लुकाइराख्नेछैन।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.