Publicidade

Isaías 4

1 त्यस दिन सात जना स्त्रीहरूले

एक जना मानिसलाई समात्नेछन्,

र यसो भन्‍नेछन्, "हामी आफ्नै भोजन खानेछौँ;

अनि आफ्ना लुगाको प्रबन्ध आफैँ गर्नेछौँ;

तपाईं हाम्रो पति हुनुहोस्।

हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्!"

याहवेहको हाँगा

2 त्यस दिन याहवेहको हाँगा सुन्दर र महिमित हुनेछ; अनि जमिनको फल इस्राएलमा बाँचेकाहरूका निम्ति गर्व र महिमा हुनेछ। 3 सियोनमा छोडिएका यरूशलेममा रहनेहरू सबै, जो यरूशलेममा बस्‍नेहरूको गन्तीमा आएका छन्, तिनीहरू पवित्र भनिनेछन्। 4 प्रभुले सियोनका स्त्रीहरूको मैला धोइदिनुहुनेछ; उहाँले न्यायको आत्मा र आगोको आत्माले यरूशलेमबाट रगतका दागहरू सफा गरिदिनुहुनेछ। 5 त्यसपछि याहवेहले सियोन पर्वतमाथि र त्यहाँ भेला हुने जातिमाथि दिनमा धुवाँको बादल अनि राति बल्दो आगोको ज्योति सृष्‍टि गरिदिनुहुनेछ; त्यस सम्पूर्ण महिमामाथि एउटा मण्डप हुनेछ। 6 त्यो दिनको गर्मीबाट बच्ने आश्रय र छाया; अनि आँधी र वर्षाबाट बचाउने शरणस्थान र लुक्ने ठाउँ हुनेछ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-