Publicidade

Isaías 35

उद्धार पाएकाहरूको आनन्द

1 मरुभूमि र निर्जलभूमि खुशी हुनेछन्;

उजाडस्थान रमाएर फक्रनेछ।

र अति आनन्दित हुनेछन्; अनि केशरझैँ 2 हर्षले फुल्नेछ;

त्यो अति खुशी भएर आनन्दले कराउनेछ।

लेबनानको महिमा;

कर्मेल र शारोनको गौरव त्यसलाई दिइनेछ;

तिनीहरूले याहवेहको महिमा

र हाम्रा परमेश्‍वरको प्रताप देख्नेछन्।

3 दुर्बल हातहरू बलियो बनाओ!

कमजोर घुँडाहरू दह्रिला पार;

4 हृदयमा डर बोकेकाहरूलाई भन,

"बलियो होओ, नडराओ;

तिमीहरूका परमेश्‍वर आउनुहुनेछ;

उहाँ बदला लिन आउनुहुनेछ;

उहाँ तिमीहरूलाई बचाउन

ईश्‍वरीय प्रतिशोधसित आउनुहुनेछ।"

5 तब अन्धाहरूका आँखा खोलिनेछन्;

अनि बहिराहरूका कान बन्द रहनेछैनन्।

6 तब लङ्गडाहरू मृगझैँ उफ्रनेछन्;

अनि गुँगाहरूको जिब्रोले स्तुति गर्नेछ।

उजाडस्थानमा पानी फुटेर निस्कनेछ;

अनि मरुभूमिमा खोला बग्नेछ।

7 तातो बालुवा ठूलो तलाउ बन्‍नेछ,

तिर्खाएको जमिनमा कलकल गर्ने पानीका मूल फुट्नेछन्।

कुनै समय स्याल बस्‍ने ठाउँमा

घाँस, निगालो र काँस हुर्कनेछन्।

8 त्यहाँ एउटा राजमार्ग हुनेछ;

त्यसलाई पवित्रताको मार्ग भनिनेछ;

अशुद्ध त्यसबाट भएर जानेछैन।

तर त्यसबाट भएर हिँड्नेहरूका लागि मात्र त्यो हुनेछ;

दुष्‍ट मूर्खहरू त्यसबाट भएर जानेछैनन्।

9 त्यहाँ कुनै सिंह हुनेछैन,

न त कुनै हिंसक पशु त्यहाँ पुग्न सक्नेछ;

तिनीहरू त्यहाँ भेट्टाइनेछैनन्।

तर छुटकारा पाएकाहरू मात्र त्यहाँ हिँड्नेछन्।

10 याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्।

तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्;

तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ।

तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्;

अनि दुःख र सुस्केरा हराएर जानेछन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-