Publicidade

Salmos 4

सङ्गीत निर्देशकको निम्ति तारवाद्यको साथ, दावीदको भजन।

1 हे मेरा धार्मिक परमेश्‍वर,

मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्।

मेरो सङ्कष्‍टबाट मलाई मुक्त गर्नुहोस्;

ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्‍नुहोस्।

2 हे मानिसहरू हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म शर्ममा परिवर्तन गरिरहन्छौ?

तिमीहरू कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र असत्यको पछि लागिरहन्छौ? सेला

3 याद राख: याहवेहले आफ्नो निम्ति विश्‍वासयोग्य सेवकहरू छुट्ट्याउनुभएको छ;

मैले पुकार गर्दा याहवेहले सुन्‍नुहुन्छ।

4 रिसमा पर्दा पाप नगर।

जब तिमी ओछ्यानमा पल्टन्छौ,

आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो। सेला

5 धार्मिकताका बलिदानहरू चढाओ,

र याहवेहमाथि भरोसा राख।

6 धेरैले सोध्दछन्, "हामीलाई कसले असल कुरा देखाउन सक्ला?"

हे याहवेह, तपाईंको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्!

7 तपाईंले तिनीहरूका कटनी र नयाँ दाखमद्यको प्रशस्ततामा हुने, आनन्दभन्दा बढी

आनन्दले मेरो हृदय भरिदिनुभएको छ।

8 म शान्तिसँग पल्टिनेछु र निदाउनेछु;

किनकि हे याहवेह, तपाईंले मात्र

मलाई सुरक्षित राख्नुहुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-