Publicidade

Salmos 127

सोलोमनको आरोहणको गीत।

1 यदि याहवेहले नै घर बनाउनुभएन भने,

बनाउनेहरूको परिश्रम व्यर्थ हुन्छ।

याहवेहले नै सहरको रक्षा गर्नुभएन भने,

पहरादारहरू जागा रहनु व्यर्थ हुन्छ।

2 बिहानै उठ्नु,

र अबेरसम्म जागो रहनु,

अनि शोकको भोजन गर्नु व्यर्थै हुन्छ—

किनकि जसलाई उहाँले प्रेम गर्नुहुन्छ, तिनीहरूलाई उहाँले निद्रा दिनुहुन्छ।

3 छोराछोरीहरू याहवेहले दिनुभएका उत्तराधिकार हुन्;

गर्भका फलहरू उहाँले दिनुभएका उपहार हुन्।

4 युवावस्थामा जन्मेका छोराछोरीहरू,

वीर योद्धाका हातमा भएका काँडहरूझैँ हुन्छन्।

5 त्यो मानिस धन्यको हो,

जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ।

मूलढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा

तिनीहरू लाजमा पर्नेछैनन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-