Publicidade

Salmos 36

सङ्गीत निर्देशकको निम्ति, याहवेहको सेवक दावीदको भजन।

1 दुष्‍टका पाप सम्बन्धी,

मेरो हृदयमा परमेश्‍वरको एक सन्देश छ:

तिनीहरूका आँखामा

परमेश्‍वरको डर छैन।

2 तिनीहरूले आफूलाई आफ्नो नजरमा उच्‍च ठान्छन्,

तिनीहरूले आफ्ना अधर्म फेला पार्दैनन् वा आफ्ना पाप घृणा गर्दैनन्।

3 तिनीहरूका मुखका शब्दहरू दुष्‍ट र छली छन्;

तिनीहरू बुद्धिमानी हुन र भलाइको काम गर्न चुकेका छन्।

4 तिनीहरूले आफ्ना ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछन्;

तिनीहरूले आफूलाई कुमार्गतिर लगाउँछन्;

र तिनीहरूले खराबीलाई इन्कार गर्दैनन्।

5 हे याहवेह, तपाईंको अचुक प्रेम स्वर्गैसम्म फैलिएको छ,

तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै छ।

6 तपाईंको धार्मिकता परमेश्‍वरका अति उच्‍च पहाडहरू जस्तै छन्;

तपाईंको न्याय गहिरो समुद्रजस्तै छ।

हे याहवेह, तपाईंले मानिस र पशुपक्षीलाई जोगाइराख्नुहुन्छ।

7 हे परमेश्‍वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ!

मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्।

8 तिनीहरू तपाईंका भवनको प्रशस्तताबाट भोज गर्छन्;

तपाईंको आनन्दको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।

9 किनकि जीवनको स्रोत तपाईंसँग छ;

तपाईंको ज्योतिमा हामी उज्यालो देख्छौँ।

10 तपाईंलाई चिन्‍नेहरूमा तपाईंको प्रेम

र सोझो हृदय भएकाहरूमा तपाईंको धार्मिकता निरन्तर रहिरहोस्।

11 अहङ्कारीको खुट्टा मेरो विरुद्धमा मलाई कुल्चन नआओस्,

न त दुष्‍टका हातले मलाई भगाउन पाओस्।

12 दुष्कर्मीहरू कसरी लम्पसार परेर लडेका छन्;

तिनीहरू उठ्नै नसक्ने गरी फ्याँकिएका छन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-