Publicidade

Salmos 146

1 याहवेहको प्रशंसा गर! पदमा पनि

हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!

2 म मेरो जीवनभरि याहवेहको प्रशंसा गर्नेछु;

म बाँचुन्जेल मेरा परमेश्‍वरको प्रशंसा गाउनेछु।

3 शासकहरूमाथि भरोसा नगर;

मानव-जातिमाथि, जसले बचाउन सक्दैन।

4 जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्;

त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्।

5 धन्य हुन् तिनीहरू, जसका सहायक याकोबका परमेश्‍वर हुनुहुन्छ,

जसको आशा याहवेह तिनीहरूका परमेश्‍वरमा हुन्छ।

6 उहाँ स्वर्ग र पृथ्वी,

समुद्र र त्यसमा भएका सबै थोकका सृष्‍टिकर्ता हुनुहुन्छ;

उहाँ सदाकाल विश्‍वासयोग्य रहनुहुन्छ।

7 उहाँले थिचोमिचोमा परेकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ;

र भोकाएकाहरूलाई भोजन दिनुहुन्छ।

याहवेहले कैदीहरूलाई स्वतन्त्र गरिदिनुहुन्छ;

8 याहवेहले दृष्‍टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ;

र दबिएकाहरूलाई उठाउनुहुन्छ;

याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ।

9 याहवेहले विदेशीहरूको रक्षा गर्नुहुन्छ;

अनाथ र विधवाहरूलाई सम्हाल्नुहुन्छ;

तर दुष्‍टहरूको योजनालाई विफल पारिदिनुहुन्छ।

10 याहवेहले सदासर्वदा राज्य गर्नुहुन्छ।

हे सियोन, तेरा परमेश्‍वरले सारा पुस्तौँ-पुस्तासम्म राज्य गर्नुहुनेछ।

याहवेहको प्रशंसा गर!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-