Publicidade

Salmos 100

प्रशंसाको भजन।

1 हे सारा पृथ्वी, आनन्दको निम्ति याहवेहको जयजयकार गर!

2 हर्षकासाथ याहवेहको आराधना गर;

आनन्दका गीतहरू गाउँदै उहाँको सामु आओ!

3 याहवेह नै परमेश्‍वर हुनुहुन्छ भनी जान।

उहाँले हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौँ;

हामी उहाँका प्रजा, र उहाँका खर्कका भेडाहरू हौँ।

4 धन्यवादसाथ उहाँका मूलढोकाहरूभित्र पस;

र प्रशंसा गर्दै उहाँका चोकहरूमा प्रवेश गर;

उहाँलाई धन्यवाद देओ, र उहाँको नामको प्रशंसा गर!

5 किनकि याहवेह भलो हुनुहुन्छ, र उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ;

उहाँको विश्‍वासयोग्यता सबै पुस्ताहरूमा रहिरहन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-