Publicidade

Salmos 93

1 याहवेहले राज्य गर्नुहुन्छ, उहाँ वैभवले आभूषित हुनुहुन्छ;

याहवेह वैभवले आभूषित हुनुहुन्छ; र शक्तिले सुसज्जित हुनुहुन्छ;

निश्‍चय नै संसार दृढ र सुरक्षित स्थापित गरिएको छ।

2 अनादिदेखि तपाईंको सिंहासन स्थापित भएको छ;

तपाईं अनन्तदेखि हुनुहुन्छ।

3 हे याहवेह, समुद्रहरू उर्लिआएका छन्,

समुद्रहरूले आफ्नो गर्जन उच्‍च पारेका छन्;

तिनका भयानक छालहरू उर्लिएका छन्।

4 महासमुद्रको गर्जनभन्दा शक्तिशाली,

समुद्रका तरङ्गहरूभन्दा पनि शक्तिशाली—

उच्‍चमा हुनुहुने याहवेह शक्तिशाली हुनुहुन्छ।

5 हे याहवेह, तपाईंका कानुनहरू दृढ रहन्छन्;

अनन्तकालको निम्ति

तपाईंको भवन पवित्रताले सुसज्जित छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-