Publicidade

Salmos 131

दावीदको आरोहणको गीत।

1 हे याहवेह, मेरो हृदय घमण्डी छैन,

मेरा आँखाहरू हठी छैनन्;

म ठूला-ठूला कुराहरू

अथवा आफूले पाउनै नसक्ने कुराहरूमा आफूलाई अल्झाउँदिनँ।

2 तर मैले आफूलाई शान्त र चुप गराएको छु;

आमासँग तृप्‍त भएर बसेको बालकझैँ,

आमाको दूध छुटाइएको बालकझैँ म सन्तुष्‍ट छु।

3 हे इस्राएल, अहिले र सदासर्वदा

याहवेहमा नै आफ्नो आशा राख्!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-