Publicidade

Salmos 99

1 याहवेहले राज्य गर्नुहुन्छ;

राष्ट्रहरू थरथर कामून्;

उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ;

पृथ्वी हल्‍लियोस्!

2 सियोनमा याहवेह महान् हुनुहुन्छ;

उहाँ सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ।

3 तिनीहरूले तपाईंको महान् र भययोग्य नामको प्रशंसा गरून्—

उहाँ पवित्र हुनुहुन्छ।

4 राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले न्यायलाई मन पराउनुहुन्छ—

तपाईंले निष्पक्षता स्थापना गर्नुभएको छ;

तपाईंले याकोबमा

न्याय र धार्मिकता सम्पन्‍न गर्नुभएको छ।

5 याहवेह हाम्रा परमेश्‍वरलाई उच्‍च पार,

र उहाँको पाउदानमा आराधना गर;

उहाँ पवित्र हुनुहुन्छ।

6 उहाँका पुजारीहरूमध्ये मोशा र हारून थिए,

र शमूएल उहाँका नाम पुकार गर्नेहरू मध्येका एक थिए;

तिनीहरूले याहवेहलाई पुकारे,

र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।

7 उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो;

उहाँले तिनीहरूलाई दिनुभएका विधान र उर्दीहरूको तिनीहरूले पालन गरे।

8 हे याहवेह, हाम्रा परमेश्‍वर,

तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो;

तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्‍वर हुनुहुन्थ्यो,

यद्यपि तपाईंले तिनीहरूका दुष्कर्महरूलाई दण्ड दिनुभयो।

9 याहवेह, हाम्रा परमेश्‍वरलाई उच्‍च पार,

र उहाँको पवित्र पर्वतमा आराधना गर;

किनकि याहवेह हाम्रा परमेश्‍वर पवित्र हुनुहुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-