Publicidade

Salmos 122

दावीदको आरोहणको गीत।

1 जब तिनीहरूले मलाई, "याहवेहका भवनमा हामी जाऔँ" भने,

तब म तिनीहरूसँगै आनन्दित भएँ।

2 हे यरूशलेम, तेरा मूलढोकाहरूभित्र

हाम्रा खुट्टाहरू उभिएका छन्।

3 यरूशलेम एउटा सहरजस्तै,

एकै ठाउँमा टम्‍म गरी मिलाएर बसालिएको छ।

4 इस्राएललाई दिइएको कानुनअनुसार

याहवेहका कुलहरू

याहवेहको नामको प्रशंसा गर्न

त्यहाँ जान्छन्।

5 किनकि त्यहाँ न्यायका सिंहासनहरू स्थापित छन्;

त्यहाँ दावीदका वंशका सिंहासनहरू छन्।

6 यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर:

"तँलाई प्रेम गर्नेहरू सुरक्षित रहून्।

7 तेरा पर्खालहरूभित्र शान्ति रहोस्;

र तेरा दरबारहरूभित्र सुरक्षा रहोस्!"

8 मेरा परिवार र मेरा मित्रहरूका खातिर

म, "तिमीहरूमा शान्ति रहोस्!" भन्‍नेछु।

9 याहवेह हाम्रा परमेश्‍वरको भवनको खातिर,

म तेरो भलो चिताउनेछु।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-