Publicidade

Salmos 114

1 जब इस्राएलीहरू इजिप्टबाट निस्किआए,

जब याकोबको घराना विदेशी भाषा बोल्ने मानिसहरूका बीचबाट निस्केर आए,

2 तब यहूदा परमेश्‍वरको पवित्रस्थान,

अनि इस्राएलचाहिँ उहाँको राज्य भयो।

3 त्यो देखेर लाल समुद्र भाग्यो;

यर्दन नदी पछिल्तिर फर्कियो;

4 पर्वतहरू भेडाहरूझैँ,

डाँडाहरू थुमाहरूझैँ उफ्रन लागे।

5 हे समुद्र, तँ किन भागिस्?

हे यर्दन, तँ किन पछि फर्किस्?

6 हे पर्वतहरू हो, तिमीहरू भेडाहरूझैँ, हे डाँडाहरू हो,

तिमीहरू थुमाहरूझैँ किन उफ्र्यौ?

7 हे पृथ्वी, प्रभुको सामु,

याकोबका परमेश्‍वरको सामु थरथरी काम्;

8 जसले चट्टानलाई पानीका तलाउमा,

कठोर चट्टानलाई पानीका मूलहरूमा परिवर्तन गर्नुभयो।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_10-32-54-