Publicidade

Salmos 142

दावीदको मस्किल; गुफामा हुँदा उनको प्रार्थना।

1 उच्‍च सोरले म याहवेहलाई पुकार्दछु;

दयाको निम्ति याहवेहमा म आफ्नो आवाज उचाल्छु।

2 उहाँको सामु म आफ्नो उजुर पोख्दछु;

उहाँको सामु म आफ्नो पीडा प्रकट गर्दछु।

3 मेरो आत्मा मभित्र व्याकुल हुँदा,

त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्‍नुहुन्छ।

म हिँड्ने मार्गमा

मानिसहरूले मेरो निम्ति पासो थापेका छन्।

4 मेरो दाहिने हातपट्टि हेर्नुहोस्;

कसैलाई मेरो वास्ता छैन।

मेरो शरणस्थान कहीँ छैन;

कसैले मेरो जीवनको वास्ता गर्दैन।

5 हे याहवेह, म तपाईंलाई पुकार गर्छु;

म भन्दछु, "तपाईं मेरो शरणस्थान हुनुहुन्छ,

अनि जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ।"

6 मेरो पुकार सुनिदिनुहोस्;

किनकि म ज्यादै नम्र भएको छु;

मलाई खेद्नेहरूबाट मलाई बचाउनुहोस्;

किनकि तिनीहरू मभन्दा धेरै बलिया छन्।

7 मेरो कैदबाट मलाई छुटाउनुहोस्;

ताकि म तपाईंको नामको प्रशंसा गर्न सकूँ।

म प्रतिको तपाईंको भलाइको कारण,

धर्मीहरू मेरा चारैतिर भेला हुनेछन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-