Publicidade

Salmos 12

सङ्गीत निर्देशकको निम्ति शिमिनिथ। दावीदको भजन।

1 हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्;

विश्‍वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्।

2 हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्;

तिनीहरूका ओठले चापलुसी गर्छन्;

तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्।

3 सबै चापलुसी गर्ने ओठहरूलाई

र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—

4 तिनीहरू जसले भन्छन्,

"हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ;

हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?"

5 याहवेह भन्‍नुहुन्छ,

"दुर्बलहरूमाथि भएको अत्याचार

र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु,

म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।"

6 याहवेहका वचनहरू खोटरहित छन्,

ती भट्टीमा सातपल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।

7 हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ,

र दुष्‍टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ,

8 जब मानिसहरूका बीचमा दुष्‍टताको सम्मान हुन्छ;

दुष्‍टहरू गमक्‍क भई खुल्‍ला रूपमा डुलिहिँड्छन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-