Publicidade

Salmos 75

सङ्गीत निर्देशकको निम्ति, "विनाश नहोस्" को रागमा आधारित, आसापको भजन; एक गीत।

1 हे परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ,

हामी तपाईंलाई धन्यवाद चढाउँछौँ; किनकि तपाईंको नाम नजिकै छ;

मानिसहरूले तपाईंका अचम्मका कामहरूको वर्णन गर्दछन्।

2 तपाईं भन्‍नुहुन्छ, "मैले उचित समय ठहराएको छु;

मैले नै निष्पक्षतासाथ न्याय गर्दछु।

3 जब पृथ्वीमा भुइँचालो जान्छ र मानिसहरू काम्छन्,

त्यसका खम्बाहरूलाई स्थिर गरी थामिराख्ने म नै हुँ। सेला

4 घमण्डीहरूलाई म भन्दछु, ‘घमण्ड नगर,’

र दुष्‍ट मानिसहरूलाई भन्दछु, ‘तिमीहरूका सिङ10 मा पनि नउठाओ,

5 स्वर्गको विरुद्धमा तिमीहरूको सिङ नउठाओ;

मुन्टो बटारेर घमण्डसाथ नबोल।’ "

6 किनकि विजय पूर्वबाट वा पश्‍चिमबाट

वा मरुभूमिबाट आउँदैन।

7 परमेश्‍वरले न्याय गर्नुहुन्छ:

उहाँले कसैलाई होच्याउनुहुन्छ, र कसैलाई उच्‍च पार्नुहुन्छ,

8 याहवेहको हातमा एउटा कचौरा छ,

जसमा मसाला मिसिएको फीँज भएको मद्य छ;

उहाँले त्यो खन्याउनुहुन्छ, र पृथ्वीका सबै दुष्‍टहरूले

मद्यको थिग्रासम्मै पिउँछन्।

9 तर मचाहिँ सदाकाल यही कुरा घोषणा गर्नेछु;

म याकोबका परमेश्‍वरको प्रशंसा गाउनेछु,

10 जसले भन्‍नुहुन्छ, "म सबै दुष्‍टहरूका सिङहरू काटिदिनेछु;

तर धर्मी जनहरूका सिङचाहिँ उच्‍च पारिनेछन्।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-