Publicidade

Salmos 39

सङ्गीत निर्देशकको निम्ति, यदूतूनको लागि, दावीदको भजन।

1 मैले भनेँ, "म आफ्नो चालचलनमा होसियार रहनेछु,

र मेरो जिब्रोलाई पापबाट रोक्नेछु;

दुष्‍टहरूको उपस्थितिमा,

म आफ्नो मुखमा मोहोलो लगाएर बस्‍नेछु।"

2 तर जब मैले पूर्ण मौन धारण गरेँ,

तब असल कुरा पनि बोलिनँ,

तर मेरो पीडा झन् बढेर गयो।

3 मेरो हृदय मभित्र जलिरह्‍यो;

मैले मनन गर्दा, आगो दन्कियो;

तब मैले मेरो जिब्रोले बोलेँ:

4 "हे याहवेह, मेरो जीवनको अन्त्य देखाउनुहोस्,

र मेरो जीवन अब कति दिन बाँकी छ;

मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्‍न दिनुहोस्!

5 तपाईंले मेरो जीवनकाल छोटो बनाउनुभएको छ;

तपाईंको दृष्‍टिमा मेरो जीवनको आयु नगण्य छ।

हरेक मानिसको जीवन एक मुट्ठी सास मात्र हो;

तिनीहरूको पनि जसले आफूलाई सुरक्षित सम्झन्छन्। सेला

6 "निश्‍चय नै हरेक मानिस एउटा छायाजस्तै हिँड्‍डुल गर्छ;

व्यर्थमा तिनीहरू धनसम्पत्ति थुपार्न हतार गर्छन्;

तर त्यो अन्त्यमा कसको हुन्छ, सो जान्दैनन्।

7 "हे प्रभु, अब म के कुराको निम्ति प्रतीक्षा गरूँ?

मेरो आशा त तपाईंमा नै छ।

8 मलाई मेरा सबै अपराधहरूबाट छुटाउनुहोस्;

मलाई मूर्खहरूको अपमानको पात्र नबनाउनुहोस्।

9 म मौन थिएँ; मैले मेरो मुख खोलिनँ;

किनकि त्यो गर्ने तपाईं नै हुनुहुन्छ।

10 तपाईंको विपत्ति मबाट हटाउनुहोस्;

तपाईंको हातको मुक्‍काबाट म पराजित भएको छु।

11 जब तपाईंले मानिसहरूलाई तिनीहरूका पापको निम्ति हप्काउनुहुन्छ र ताडना दिनुहुन्छ;

तब तपाईंले तिनीहरूका धनसम्पत्ति धमिरालेझैँ नष्‍ट पार्नुहुन्छ—

साँच्‍चै, हरेक मानिस एक मुट्ठी सास मात्र हो। सेला

12 "हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्,

मदतको निम्ति मैले गरेको पुकार सुनिदिनुहोस्;

मेरो आँसुलाई त्यसै नटारिदिनुहोस्;

किनकि प्रवासीझैँ म तपाईंमा आश्रित छु,

मेरा सबै पुर्खाहरूजस्ता थिए, त्यस्तै नै एक परदेशी हुँ।

13 मेरो अन्त हुनुभन्दा अगि नै

मबाट क्रोधको दृष्‍टि हटाउनुहोस्, ताकि म फेरि हर्षित हुन सकूँ।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-