Publicidade

Salmos 98

एउटा भजन।

1 याहवेहको निम्ति एउटा नयाँ गीत गाओ;

किनकि उहाँले अद्‌भुत कार्य गर्नुभएको छ;

उहाँका दाहिने हात र पवित्र पाखुराले

उहाँको निम्ति विजयका कामहरू गरेका छन्।

2 याहवेहले आफ्नो मुक्तिको घोषणा गर्नुभएको छ;

र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।

3 उहाँले इस्राएलका घरानाप्रतिको आफ्नो अचुक प्रेम,

र उहाँको विश्‍वासयोग्यता स्मरण गर्नुभएको छ;

पृथ्वीका सम्पूर्ण सिमानाहरूले

हाम्रा परमेश्‍वरका मुक्तिलाई देखेका छन्।

4 हे सारा पृथ्वी, आनन्दसाथ उच्‍च सोरले याहवेहको जयजयकार गर;

सङ्गीतद्वारा उहाँको जयको घोषणा गर;

5 वीणा बजाएर याहवेहको भजन गाओ!

वीणा र सुमधुर गीतकासाथ,

6 तुरहीहरू र भेडाका सिङ फुकेर,

राजा याहवेहको सामु आनन्दले जयजयकार गर!

7 समुद्र र त्यसमा भएका सबै थोकले,

संसार, र त्यहाँ बास गर्ने सबैले गुञ्जायमान गरून्।

8 नदीहरूका तरङ्गहरूले ताली बजाऊन्;

पर्वतहरूले एकसाथ आनन्दले गाऊन्;

9 तिनीहरूले याहवेहको सामु गाऊन्;

किनकि, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ।

उहाँले संसारलाई धार्मिकताकोसाथ

र जातिहरूलाई निष्पक्षतासाथ न्याय गर्नुहुनेछ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-