Publicidade

Salmos 67

सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, एउटा भजन; एउटा गीत।

1 परमेश्‍वर हामीप्रति अनुग्रही होऊन्, र हामीलाई आशिष् देऊन्;

अनि उहाँको मुहार हामीमाथि चम्काऊन्— सेला

2 ताकि तपाईंको मार्ग पृथ्वीमाथि प्रकट होस्,

अनि तपाईंको मुक्ति सबै राष्ट्रहरूको बीचमा थाहा होस्।

3 हे परमेश्‍वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्;

सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।

4 जाति-जातिहरू रमाऊन् र आनन्दले गाऊन्;

किनकि तपाईंले जाति-जातिहरूलाई निष्पक्षसाथ शासन गर्नुहुन्छ,

र पृथ्वीका राष्ट्रहरूलाई अगुवाइ गर्नुहुन्छ। सेला

5 हे परमेश्‍वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्;

सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।

6 भूमिले आफ्नो बाली उब्जनी गर्छ;

परमेश्‍वर, हाम्रा परमेश्‍वरले हामीलाई आशिष् दिनुहुन्छ।

7 परमेश्‍वरले हामीलाई अझै आशिष् देऊन्,

कि समस्त पृथ्वीका मानिसहरूले उहाँको डर मानून्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-