Publicidade

Salmos 47

सङ्गीत निर्देशकको निम्ति, कोरहको छोराहरूका भजन।

1 हे सबै जाति-जातिका मानिसहरू हो, ताली बजाओ;

उच्‍च सोरले परमेश्‍वरको निम्ति जयजयकार गर!

2 सर्वोच्‍च याहवेह कस्तो महान् हुनुहुन्छ,

सारा पृथ्वीभरिका महाराजा।

3 उहाँले राष्ट्रहरूलाई हाम्रा अधीनमा,

र जाति-जातिहरूलाई हाम्रा पैतालामुनि पार्नुभएको छ।

4 उहाँले हाम्रा निम्ति उत्तराधिकारको भाग छान्‍नुभयो,

याकोबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। सेला

5 परमेश्‍वर आनन्दको सोरसित,

याहवेह तुरहीको आवाजसित माथि उक्लनुभएको छ।

6 परमेश्‍वरको निम्ति गीत गाओ, गीत गाओ;

हाम्रा राजाको निम्ति गीत गाओ, गीत गाओ!

7 किनकि परमेश्‍वर सारा पृथ्वीका राजा हुनुहुन्छ;

उहाँको निम्ति प्रशंसाको भजन गाओ!

8 परमेश्‍वरले राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ;

परमेश्‍वर उहाँको पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ।

9 अब्राहामका परमेश्‍वरका मानिसहरूझैँ

राष्ट्रहरूका श्रेष्‍ठ व्यक्तिहरू भेला भएका छन्;

किनकि पृथ्वीका शासकहरू परमेश्‍वरकै हुन्;

परमेश्‍वर अति उच्‍च हुनुहुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-