Publicidade

Salmos 54

सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको मस्किल—जब जीपीहरू शाऊलकहाँ गएर भनेका थिए, "के दावीद हामीहरूका माझमा लुकेका छैनन् र?"

1 हे परमेश्‍वर, तपाईंको नामद्वारा मलाई बचाउनुहोस्;

तपाईंको शक्तिद्वारा मलाई निर्दोष साबित गर्नुहोस्!

2 हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्;

मेरा मुखका शब्दहरू सुनिदिनुहोस्!

3 मलाई परदेशीहरूले आक्रमण गर्छन्;

मलाई निर्दयी मानिसहरूले मार्न खोज्छन्—

ती मानिसहरूले परमेश्‍वरको श्रद्धा गर्दैनन्। सेला

4 हेर, परमेश्‍वर मेरा सहायक हुनुहुन्छ;

प्रभुले नै मलाई सहारा दिनुहुन्छ।

5 मेरा विरोधीहरूका खराबी तिनीहरूमाथि नै फर्किऊन्;

तपाईंको विश्‍वसनीयतामा तिनीहरूलाई सर्वनाश गर्नुहोस्!

6 म तपाईंलाई स्वेच्छाबलि चढाउनेछु;

हे याहवेह, तपाईंको नामको प्रशंसा म गर्नेछु; किनकि त्यो असल कुरा हो।

7 तपाईंले मलाई मेरा सबै सङ्कष्‍टहरूबाट छुटाउनुभएको छ;

र मेरा आँखाहरूले मेरा वैरीहरूमाथि मेरो विजयी देख्दछु।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-