Publicidade

Salmos 61

सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको भजन।

1 हे परमेश्‍वर, मेरो पुकार सुन्‍नुहोस्;

मेरो प्रार्थना सुनिदिनुहोस्।

2 जब मेरो हृदय धेरै व्याकुल हुन्छ,

तब म पृथ्वीको छेउदेखि तपाईंलाई पुकार्दछु;

मभन्दा धेरै अग्लो चट्टानमा मलाई लैजानुहोस्।

3 किनकि तपाईं मेरा लागि शरणस्थान हुनुहुन्छ,

तपाईं मेरा वैरीका विरुद्धमा एक बलियो धरहरा हुनुहुन्छ।

4 तपाईंको पालमा सदासर्वदा रहिरहन,

र तपाईंको पखेटामुनि शरण लिन पाऊँ भन्‍ने मेरो चाहना छ। सेला

5 किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ;

तपाईंको नामको भय मान्‍नेहरूका उत्तराधिकार मलाई दिनुभएको छ।

6 राजाको आयु बढाइदिनुहोस्;

पुस्तौँसम्म उनको आयु बढाउनुहोस्।

7 उनी परमेश्‍वरको उपस्थितिमा सदासर्वदा राज गरून्;

तपाईंको अचुक प्रेम र विश्‍वासयोग्यताले उनको सुरक्षा गर्नुहोस्!

8 तब म यसरी सदासर्वदा तपाईंको नामको स्तुतिगान गाउनेछु

र प्रत्येक दिन मेरा भाकलहरू पूरा गर्नेछु।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-