Publicidade

Salmos 6

सङ्गीत निर्देशकको निम्ति तारवाला बाजाहरूमा शिमिनिथ, दावीदको भजन।

1 हे याहवेह, मलाई तपाईंको रिसमा नहप्काउनुहोस्;

न त तपाईंको क्रोधमा मलाई ताडना नै दिनुहोस्।

2 हे याहवेह, ममाथि कृपा गर्नुहोस्, किनकि म दुर्बल भएको छु;

हे याहवेह, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा घोर पीडा छ।

3 मेरो प्राण गहिरो वेदनामा छ;

कहिलेसम्म, हे याहवेह, कहिलेसम्म?

4 हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्;

तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्।

5 मृतकहरू कसैले तपाईंको नामको स्मरण गर्दैनन्,

चिहानबाट कसले तपाईंको प्रशंसा गर्छ र?

6 मेरो पीडाले गर्दा म थाकिसकेको छु।

रातभरि मेरो आँसुको बाढीले ओछ्यान तैरिन्छ।

र मेरो आँसुले सिरानी डुबाउँछ।

7 मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्;

मेरा वैरीहरूका कारणले ती कमजोर भएका छन्।

8 हे सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा जाओ;

किनकि याहवेहले मेरो रुवाइ सुन्‍नुभएको छ।

9 याहवेहले दयाको निम्ति मेरो पुकार सुन्‍नुभएको छ;

याहवेहले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ।

10 मेरा सबै शत्रुहरू ज्यादै लज्जित हुनेछन् र डराउनेछन्;

तिनीहरू एकै क्षणमा लज्जित भएर पछि हट्नेछन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-