Publicidade

Salmos 82

आसापको भजन।

1 परमेश्‍वर विशाल समुदायमा आफ्नो स्थान ग्रहण गर्नुहुन्छ;

"देवताहरूका" बीचमा उहाँले न्याय गर्नुहुन्छ।

2 कहिलेसम्म तिमीहरू अन्यायीहरूको पक्ष लिइबस्छौ?

र दुष्‍टहरूको पक्ष लिइरहन्छौ? सेला

3 दुर्बल र अनाथहरूका पक्षमा खडा होऊ;

गरिब र अत्याचारमा परेकाहरूको हकको रक्षा गर!

4 दुर्बल र गरिबहरूलाई छुटाओ;

दुष्‍टहरूका हातबाट तिनीहरूलाई मुक्त गर!

5 "तिनीहरू न केही जान्दछन्, न त केही बुझ्दछन्;

तिनीहरू अन्धकारमा यताउता डुल्छन्;

पृथ्वीका सारा जग नै डगमगाएका छन्।

6 "मैले भनेँ, ‘तिमीहरू "देवहरू" हौ;

तिमीहरू सबै सर्वोच्‍च परमेश्‍वरका छोराहरू हौ।’

7 तर तिमीहरू साधारण मानिसहरूझैँ मर्नेछौ;

अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।"

8 हे परमेश्‍वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्;

किनकि सारा राष्ट्रहरू तपाईंका उत्तराधिकार हुन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-