Publicidade

Salmos 51

सङ्गीत निर्देशकको निम्ति, दावीदले बतशेबासँग व्यभिचार गरेपछि नातान अगमवक्ता तिनीकहाँ आएपछिको दावीदको भजन।

1 हे परमेश्‍वर, तपाईंको अचुक प्रेमअनुसार

ममाथि दया गर्नुहोस्;

तपाईंको महान् करुणाअनुसार

मेरा अपराधहरू मेटिदिनुहोस्!

2 मेरा सबै अधर्महरूलाई पखालिदिनुहोस्,

र मेरो पापबाट मलाई शुद्ध पारिदिनुहोस्!

3 किनकि मेरा अपराधहरू म जान्दछु;

र मेरो पाप सधैँ मेरै सामु छ।

4 मैले तपाईंको विरुद्धमा, मात्र तपाईंकै विरुद्धमा पाप गरेको छु,

अनि तपाईंको दृष्‍टिमा जे खराबी छ, मैले त्यही गरेको छु;

यसकारण तपाईंको फैसलामा तपाईं सही हुनुहुन्छ,

र तपाईंले न्याय गर्नुहुँदा धर्मी ठहरिनुहुन्छ।

5 निश्‍चय नै म जन्मँदै पापी थिएँ,

मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।

6 तपाईंले गर्भमै विश्‍वासयोग्यता चाहना गर्नुहुन्छ;

तपाईंले मलाई त्यो गोप्य ठाउँमा बुद्धिका कुरा सिकाउनुहुन्छ।

7 हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु;

मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।

8 मलाई हर्ष र आनन्दका कुरा सुन्‍न दिनुहोस्;

तपाईंले धुलोपिठो पार्नुभएका यी हड्डीहरू आनन्दित होऊन्!

9 मेरा पापहरूदेखि आफ्नो मुहार लुकाउनुहोस्,

र मेरा सारा अधर्महरू मेटिदिनुहोस्!

10 हे परमेश्‍वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्,

र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!

11 तपाईंको उपस्थितिबाट मलाई टाढा नहटाउनुहोस्,

र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस्!

12 तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्,

र मलाई सम्हाल्न तत्पर आत्मा दिनुहोस्!

13 तब म अपराधीहरूलाई तपाईंका मार्गहरू सिकाउनेछु,

ताकि पापीहरू तपाईंतिर फर्केर आऊन्।

14 हे मेरा मुक्तिदाता परमेश्‍वर,

मलाई हत्याको दोषबाट छुटकारा दिनुहोस्

र मेरो ओठले तपाईंको धार्मिकता गाउनेछु।

15 हे प्रभु, मेरा ओठहरू खोलिदिनुहोस्,

र मेरो मुखले तपाईंको प्रशंसाको घोषणा गर्नेछ।

16 बलिदानहरूमा तपाईं खुशी हुनुहुन्‍न, नत्रता म बलिदान चढाउनेथिएँ;

तपाईं होमबलिमा प्रसन्‍न हुनुहुन्‍न।

17 हे परमेश्‍वर, तोडिएको मन नै मेरो बलिदान हो;

हे परमेश्‍वर, तपाईंले चूर्ण र पश्‍चात्तापी

हृदयलाई कहिल्यै तिरस्कार गर्नुहुन्‍न।

18 तपाईंको कृपाले सियोनको समृद्धि होस्,

यरूशलेमका पर्खालहरू निर्माण गरिदिनुहोस्।

19 तब तपाईं धर्मीहरूका बलिदानहरूमा प्रसन्‍न हुनुहुनेछ,

सिङ्गो चढाइएका होमबलिहरूमा;

तब तपाईंको वेदीमा साँढेहरू बलि चढाइनेछन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-