Publicidade

Salmos 15

दावीदको भजन।

1 हे याहवेह, तपाईंको पवित्र वासस्थानमा कसले बास गर्न पाउनेछ?

तपाईंको पवित्र पर्वतमा कसले बस्‍न पाउनेछ?

2 त्यो मानिस, जसको जीवन निर्दोष छ;

जसले धर्मी काम गर्छ,

जसले आफ्नो हृदयबाट सत्य बोल्छ,

3 जसको जिब्रोले अरूको निन्दा गर्दैन,

जसले आफ्नो छिमेकीको खराबी गर्दैन,

र मित्रहरूको अपमान गर्दैन;

4 जसले दुष्‍ट मानिसलाई घृणा गर्दछ,

तर याहवेहको भय मान्‍नेहरूलाई आदर गर्दछ;

जसले आफ्नो हानि हुँदा पनि आफूले शपथ खाएको कुरा बदल्दैन,

र जसले आफ्नो मन बदल्दैन;

5 जसले आफ्नो रकम खाँचोमा परेकालाई ब्याजमा लाउँदैन;

र जसले निर्दोषको विरुद्धमा घूस लिँदैन।

यस्ता जीवन जिउनेहरू

कहिल्यै पनि डगमगाउनेछैन।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-