Publicidade

Salmos 123

आरोहणको गीत।

1 हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने परमेश्‍वर,

मेरा आँखाहरू म तपाईंतिर उठाउँछु।

2 जसरी सेवकहरूका आँखाले आफ्ना मालिकका हाततिर हेर्दछन्,

जसरी सेविकाले आफ्नी मालिक्नीका हाततिर हेर्दछे,

त्यसरी नै उहाँले हामीमाथि दया नगरुन्जेल,

हाम्रा आँखाहरूले, याहवेह हाम्रा परमेश्‍वरतिर हेर्दछन्।

3 हामीमाथि दया गर्नुहोस्, हे याहवेह, हामीमाथि दया गर्नुहोस्;

किनकि हामीले अति नै अवहेलना सहेका छौँ।

4 हामीले अहङ्कारीहरूबाट

अति नै उपहास र

घमण्डीहरूबाट अति नै अवहेलना सहेका छौँ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-