Publicidade

Salmos 63

यहूदाको मरुभूमिमा हुँदा दावीदको भजन।

1 हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ;

म दिलोज्यानले तपाईंलाई खोज्दछु;

पानी नभएको सुक्खा र बाँझो जमिनमा,

मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ।

2 पवित्रस्थानमा मैले तपाईंको दर्शन गरेको छु,

र तपाईंको शक्ति र महिमालाई देखेको छु।

3 तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ;

यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ।

4 मेरो जीवनभरि नै म तपाईंको प्रशंसा गर्नेछु,

र तपाईंको नाममा म मेरो हात उचाल्नेछु।

5 मेरो प्राण अति उत्तम भोजनझैँ पूर्ण रूपमा सन्तुष्‍ट हुनेछ;

स्तुतिगान गाउँदै मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ।

6 मेरो ओछ्यानमा म तपाईंलाई सम्झन्छु;

रातको हरेक पहरमा म तपाईंलाई मनन गर्छु।

7 किनकि तपाईं मेरो सहायक हुनुहुन्छ;

म तपाईंको पखेटाको छायामुनि आनन्दले गाउँछु।

8 मेरो सम्पूर्ण शक्तिले तपाईंलाई समात्छ;

तपाईंको दाहिने हातले मलाई सम्हालेर राख्दछ।

9 मलाई मार्न खोज्नेहरूचाहिँ नष्‍ट पारिनेछन्;

तिनीहरू पृथ्वीको गहिराइ भागहरूमा जानेछन्।

10 तिनीहरू तरवारद्वारा मारिनेछन्;

र स्यालहरूको आहारा हुनेछन्।

11 तर राजा परमेश्‍वरमा आनन्दित हुनेछन्;

परमेश्‍वरको नाममा शपथ लिनेहरू सबैले उहाँलाई महिमा दिनेछन्;

जबकि झूटो बोल्ने मुख थुनिनेछ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-