Publicidade

Salmos 108

एउटा गीत, दावीदको भजन।

1 हे परमेश्‍वर, मेरो हृदय स्थिर छ;

म गाउनेछु र मेरो सम्पूर्ण प्राणले धुन बजाउनेछु।

2 हे सारङ्गी र वीणा जाग्!

म प्रभातलाई जगाउनेछु।

3 हे याहवेह, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;

जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।

4 किनकि तपाईंको प्रेम महान् छ, आकाशभन्दा पनि उच्‍च छ;

तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ।

5 हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्;

सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्।

6 तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्;

ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्।

7 परमेश्‍वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ:

"विजयमा म शेकेमलाई विभाजन गर्नेछु,

र सुक्‍कोतको बेँसीलाई नापेर छुट्ट्याउनेछु।

8 गिलाद मेरो हो, मनश्शे पनि मेरै हो;

एफ्राइम मेरो टोप हो,

यहूदा मेरो राजदण्ड हो।

9 मोआब मेरो हात धुने भाँडो हो;

एदोममा म आफ्नो जुत्ता फाल्नेछु;

पलिश्तीमाथिको विजयमा म कराउनेछु।"

10 किल्‍ला भएको सहरमा मलाई कसले पुर्‍याइदेला?

कसले मलाई एदोमसम्म डोर्‍याउला?

11 हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्याग्नुभएको छ,

र अहिले हाम्रा सेनाहरूका साथमा पनि जानुभएन?

12 शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्;

किनकि मानिसको सहायता व्यर्थ छ।

13 परमेश्‍वरको सहायताद्वारा हामीले विजय प्राप्‍त गर्नेछौँ;

र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-