Publicidade

Salmos 124

दावीदको आरोहणको गीत।

1 यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए—

इस्राएलले भनोस्—

2 मानिसहरूले हामीलाई आक्रमण गर्दा,

याहवेह हाम्रो पक्षमा नहुनुभएको भए;

3 तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला,

तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए;

4 उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो;

अनि भल उर्लेर हामीलाई बगाउने थियो।

5 उर्लंदो पानीले

हामीलाई बगाएर टाढा लैजानेथियो।

6 याहवेहलाई प्रशंसा होस्,

जसले हामीलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन।

7 शिकारीको पासोबाट चरा उम्केझैँ,

हामी उम्केका छौँ;

तिनीहरूको पासो छिनियो,

र हामी उम्कियौँ।

8 स्वर्ग र पृथ्वी सृष्‍टि गर्नुहुने,

याहवेहको नाममा हाम्रो सहायता छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-