Publicidade

Salmos 132

आरोहणको गीत।

1 हे याहवेह, दावीद

र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्।

2 तिनले याहवेहसँग शपथ खाए,

तिनले याकोबका सर्वशक्तिमान्‌सँग भाकल गरे:

3 "म, तबसम्म आफ्नो घरमा पस्‍नेछैनँ,

वा आफ्नो ओछ्यानमा सुत्नेछैनँ,

4 म मेरा आँखाहरूमा निद्रा आउन दिनेछैनँ,

र आँखाहरूका पलकहरूलाई उँघ्न पनि दिनेछैनँ;

5 जबसम्म याहवेहका निम्ति एउटा ठाउँ

र याकोबका सर्वशक्तिमान्‌को निम्ति म एउटा वासस्थान भेट्टाउँदिनँ।"

6 हामीले एप्रातामा त्यसको विषयमा सुन्यौँ;

हामीले याआरको मा हेर्नुहोस् मैदानमा त्यसलाई भेट्टायौँ:

7 "हामी उहाँका वासस्थानमा जाऔँ;

यसो भन्दै उहाँका पाउदानमा दण्डवत् गरौँ,

8 ‘हे याहवेह, उठ्नुहोस्, तपाईं र तपाईंको शक्तिको चिन्ह सन्दुकसमेत,

तपाईंको विश्रामस्थलभित्र आउनुहोस्।

9 तपाईंका पुजारीहरूले तपाईंको धार्मिकताको वस्त्र पहिरिऊन्;

र तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले जयजयकार गरून्!’ "

10 आफ्ना सेवक दावीदको निम्ति,

तपाईंका अभिषिक्त जनलाई अस्वीकार नगर्नुहोस्!

11 याहवेहले दावीदसँग शपथ खानुभयो;

एउटा पक्‍का शपथ, जुन उहाँले फिर्ता लिनुहुनेछैन:

"म तेरो सिंहासनमा

तेरा सन्तानहरूमध्ये एक जनालाई बसाल्नेछु।

12 यदि तेरा छोराहरूले मेरो करार

र मैले सिकाएका मेरा विधिहरू पालन गरे भने,

तिनीहरूका छोराहरू पनि

सदासर्वदाको निम्ति तेरो सिंहासनमा बस्‍नेछन्।"

13 किनकि याहवेहले सियोनलाई चुन्‍नुभएको छ;

उहाँले त्यसलाई आफ्नो वासस्थान बनाउने इच्छा गर्नुभएको छ;

14 "यो सदासर्वदाको निम्ति मेरो विश्रामको स्थान हो;

म यहीँ सिंहासनमा बस्‍नेछु; किनकि मैले यस्तै इच्छा गरेको छु।

15 प्रशस्त खानपानका थोकले म त्यसलाई आशिष् दिनेछु;

र त्यसका गरिबहरूलाई म रोटीले तृप्‍त पार्नेछु।

16 त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु;

र त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।

17 "यहाँ दावीदको निम्ति म एउटा सिङको टुसा उमार्नेछु;

र मेरा अभिषिक्त जनको निम्ति बत्ती तयार गर्नेछु।

18 म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु;

तर त्यसको शिर भने प्रकाशमय मुकुटले शोभायमान हुनेछ।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-