Publicidade

Salmos 43

1 हे मेरा परमेश्‍वर, मलाई निर्दोष प्रमाणित गर्नुहोस्,

र भक्तिहीन जातिको विरुद्धमा

मेरो पक्षमा बोलिदिनुहोस्;

छली र दुष्‍टहरूबाट

मलाई छुटाउनुहोस्!

2 किनकि तपाईं परमेश्‍वर हुनुहुन्छ, जसमा मेरो शक्ति छ।

तपाईंले मलाई किन त्याग्नुभएको छ?

शत्रुबाट थिचोमिचोमा परेर

मैले किन विलाप गर्दै हिँड्नुपर्छ?

3 तपाईंको ज्योति र तपाईंको विश्‍वासयोग्यतालाई पठाइदिनुहोस्;

तिनले मलाई डोर्‍याऊन्;

तिनले नै मलाई तपाईंको पवित्र पर्वतमा पुर्‍याऊन्;

त्यस स्थानमा, जहाँ तपाईं बास गर्नुहुन्छ।

4 तब म परमेश्‍वरको वेदीमा जानेछु,

परमेश्‍वरकहाँ, जो मेरो आनन्द र हर्ष हुनुहुन्छ।

म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु,

हे परमेश्‍वर, मेरा परमेश्‍वर।

5 हे मेरो प्राण, तँ किन उदास हुन्छस्?

हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्?

परमेश्‍वरमा आशा राख्,

हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर,

म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-