Publicidade

Salmos 84

सङ्गीत निर्देशकको निम्ति, गित्तित, कोरहका छोराहरूको भजन।

1 हे सेनाहरूका याहवेह!

तपाईंको वासस्थान कति मनोहर छ,

2 याहवेहको मन्दिरका चोकहरूको निम्ति

मेरो प्राणले तिर्सना गर्दछ, र मूर्च्छा नै पर्छ;

मेरो हृदय र मेरो शरीर दुवैले

जीवित परमेश्‍वरको पुकार गर्दछ।

3 हे सेनाहरूका याहवेह, मेरा राजा अनि मेरा परमेश्‍वर,

तपाईंका वेदीको नजिक

भँगेरीले पनि घर पाउँछे,

अनि गौँथलीले गुँड पाउँछे,

जहाँ आफ्ना बचेराहरूलाई हुर्काउँछे।

4 तपाईंको वासस्थानमा बस्‍ने धन्यका हुन्;

तिनीहरू सदा तपाईंको प्रशंसा गर्छन्। सेला

5 तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ;

जसले आफ्ना मन सियोनको यात्रामा लगाएका छन्।

6 तिनीहरू बाकाको बेँसीबाट भएर जाँदा,

तिनीहरूले त्यसलाई जलस्रोत बनाउँछन्;

शरद ऋतुको वर्षाले त्यहाँ आशिष् हुँदछ।

7 तिनीहरूले बलमाथि बल प्राप्‍त गर्दै जान्छन्;

जबसम्म प्रत्येक सियोनमा परमेश्‍वरको सामु उपस्थित हुँदैनन्।

8 हे याहवेह सेनाहरूका परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्;

हे याकोबका परमेश्‍वर, मेरो बिन्ती सुन्‍नुहोस्! सेला

9 हे परमेश्‍वर, जो हाम्रो ढाल हुनुहुन्छ, हामीलाई हेर्नुहोस्;

तपाईंको आफ्नो अभिषिक्तमाथि कृपादृष्‍टि गर्नुहोस्!

10 तपाईंको मन्दिरको चोकमा एक दिन

अरू ठाउँको हजार दिनभन्दा उत्तम छ;

दुष्‍टहरूका पालहरूमा बस्‍नुभन्दा त,

बरु मेरा परमेश्‍वरको भवनको ढोके हुन मलाई मन पर्छ,

11 किनकि याहवेह परमेश्‍वर सूर्य र ढाल हुनुहुन्छ;

याहवेहले निगाह र इज्जत दिनुहुन्छ;

सत्य मार्गमा हिँड्नेहरूलाई

याहवेहले कुनै भलो कुराबाट वञ्चित राख्नुहुन्‍न।

12 हे सेनाहरूका याहवेह,

तपाईंमा भरोसा राख्ने मानिसहरू धन्यका हुन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-