Publicidade

Consolo

Por Bíblia Online

O consolo de Deus é bálsamo para a alma ferida. Ele nos conforta em todas as tribulações para que possamos consolar outros com o mesmo consolo divino.

Deus consola

Ainda que eu ande pelo vale da sombra da morte, não temerei mal algum. O Senhor consola, guia e está sempre presente.

मृत्युको अन्धकारमय

घाटीबाट भएर जानुपरे तापनि

म कुनै खतरादेखि डराउनेछैनँ;

किनकि तपाईं मेरो साथमा हुनुहुन्छ;

तपाईंको लहुरो र तपाईंको छडीले

मलाई सान्त्वना दिन्छन्।

याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;

मैले कसको भय मान्‍नु?

याहवेह नै मेरो जीवनको किल्‍ला हुनुहुन्छ;

म कोसँग भयभीत हुनु?

मेरो कष्‍टमा मेरो सान्त्वना यही छ:

तपाईंका प्रतिज्ञाले मेरो जीवनको रक्षा गर्दछ।

आफ्नो सेवकलाई गर्नुभएको प्रतिज्ञाअनुसार

तपाईंको अचुक प्रेम मेरो सान्त्वना बनोस्!

याहवेहमा आशा राख्नेहरू

र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ;

Confiança na aflição

Eu sei que o meu Redentor vive. Deus é força e escudo — mesmo na tribulação, Ele nos sustenta e consola.

म जान्दछु मेरा उद्धारकर्ता जीवित हुनुहुन्छ,

र उहाँ अन्त्यको दिनमा यस पृथ्वीमा खडा हुनुहुनेछ।

अनि मेरो छाला नष्‍ट भइसकेपछि पनि,

अझै म मेरो शरीरमा परमेश्‍वरलाई देख्नेछु;

निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्छ;

म भरोसा गर्नेछु र डराउनेछैनँ।

याहवेह, याहवेह नै मेरा सामर्थ्य र मेरा रक्षक हुनुहुन्छ;

निश्‍चय नै उहाँ मेरा उद्धार हुनुहुन्छ।"

याहवेह आफैँ तिम्रो अगि जानुहुनेछ र तिमीसँग हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ। यसकारण तिमी नडराऊ; हतोत्साहित नहोऊ।"

के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्‍वर तँसित हुनुहुनेछ।"

यसकारण हामी आत्मविश्‍वाससहित भन्दछौँ,

"प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ।

मरणशील मानिसले मलाई के गर्न सक्छ र?"

शोक गर्नेहरू धन्य हुन्,

किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।

तर मचाहिँ याहवेहमा आशा लिएर प्रतीक्षा गर्छु;

म मेरो उद्धारकर्ता परमेश्‍वरलाई पर्खन्छु;

मेरा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुहुनेछ।

म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-22_10-02-25-