Conversão
A conversão é o ato de se voltar para Deus — arrependendo-se do pecado e abraçando a graça. É o início de uma vida nova, transformada pelo amor de Cristo.
Arrependei-vos
Arrependei-vos e convertei-vos para que os vossos pecados sejam apagados. A conversão começa com a mudança de mente e coração.
त्यसैकारण पश्चात्ताप गर्नुहोस् र परमेश्वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्।
पत्रुसले जवाफ दिए, "तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्चात्ताप गर्नुहोस्, र येशू ख्रीष्टको नाममा तपाईंहरू हरेकले बप्तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ।
बितेका समयमा यस्ता अज्ञानतामा परमेश्वरले ध्यान दिनुभएन, तर अब हरेक ठाउँका सबै मानिसहरूलाई उहाँले पश्चात्ताप गर्नू भन्ने आज्ञा दिनुहुन्छ।
त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, "पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।"
पश्चात्ताप लायकका फल फलाओ।
उहाँले भन्नुभयो, "समय पूरा भइसकेको छ, परमेश्वरको राज्य नजिकै आइपुगेको छ। पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर!"
O amor de Deus converte
Céu se alegra por um pecador que se arrepende. Deus não deseja a morte do ímpio, mas que se converta e viva.
म तिमीहरूलाई भन्दछु, त्यसरी नै स्वर्गमा पनि पश्चात्ताप गर्न नपर्ने उनान्सय धर्मी जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एक जना पापीको लागि अझ बढी आनन्द मनाइनेछ।
म तिमीहरूलाई भन्दछु, त्यसरी नै पश्चात्ताप गर्ने एक जना पापीका लागि परमेश्वरका स्वर्गदूतहरूका सामु आनन्द मनाइनेछ।"
म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।"
किनकि कसैको पनि मृत्युमा म प्रसन्न हुँदिनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। यसकारण पश्चात्ताप गर, र जीवित रहो!
"तर यदि कुनै दुष्ट मानिस आफूले गरेका सबै पापहरूबाट फर्कन्छ, र त्यसले मेरा सबै उर्दीहरू पालन गर्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यो निश्चय नै जीवित रहनेछ, त्यो मर्नेछैन।
याहवेहको वचन मकहाँ आयो: "इस्राएल देशको बारेमा मानिसहरूले भनेका यस उखानको अर्थ के हो?
" ‘अमिलो अङ्गुर खाने बुबाआमा,
र दाँत कुँडिने छोराछोरी’!
"म जीवित भएझैँ, प्रभु याहवेह भन्नुहुन्छ, तिमीहरूले अब उसो इस्राएलमा यो उखान कहिल्यै भन्नेछैनौ। किनकि हेर, हरेक जीवित प्राणी मेरै हो, बुबाआमा र छोराछोरी—ती दुवै मेरै हुन्। जसले पाप गर्छ, त्यही मर्नेछ।
"उदाहरणको लागि एक जना न्यायसङ्गत
र ठिक काम गर्ने धर्मी मानिस छ।
त्यसले पर्वतको देवस्थानहरूमा खाँदैन,
अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन।
त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन,
अथवा कुनै स्त्रीको महिनावारीको समयमा त्यस स्त्रीसित यौन सम्पर्क गर्दैन।
त्यसले कसैलाई पनि अत्याचार गर्दैन,
तर त्यसले ऋणको निम्ति लिएको बन्धक फर्काइदिन्छ।
त्यसले लुटपाट गर्दैन,
तर त्यसले भोकाएकाहरूलाई आफ्नो भोजन दिन्छ,
र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ।
त्यसले मानिसहरूलाई व्याजमा ऋण दिँदैन,
अथवा तिनीहरूबाट फाइदा लिँदैन।
त्यसले आफ्ना हातहरू खराबी गर्नबाट रोक्छ,
र त्यसले मानिसहरूको दुई समूहको बीचमा ठिक न्याय गर्छ।
त्यसले मेरा उर्दीहरू पालन गर्छ,
र मेरा व्यवस्थाहरू विश्वासयोग्यतासाथ मान्छ।
त्यो मानिसचाहिँ धर्मी हो;
त्यो निश्चय नै जीवित रहनेछ,
प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
"मानौँ त्यसको एउटा हिंसात्मक छोरा छ, जसले रक्तपात गर्छ; यी कामहरूमध्ये अरू खराबी कुराहरू पनि गर्छ, (यद्यपि त्यसका बुबाले चाहिँ यी खराब कामहरूमध्ये एउटै पनि गरेनन्):
"त्यसले पर्वतका देवस्थानहरूमा खान्छ।
त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्छ।
त्यसले गरिब र खाँचोमा परेकाहरूलाई अत्याचार गर्छ,
त्यसले लुटपाट गर्छ।
त्यसले ऋणको निम्ति आफूले बन्धक लिएको कुरो फर्काउँदैन,
त्यसले मूर्तिहरूतिर हेर्छ।
त्यसले घिनलाग्दा कामहरू गर्छ।
त्यसले रकम ब्याजमा दिन्छ र फाइदा लिन्छ।
के यस्तो मानिस जीवित रहला र? त्यो जीवित रहनेछैन! त्यसले यी सबै घिनलाग्दा कामहरू गरेको कारण त्यो निश्चय नै मारिनैपर्छ; त्यसको रगतको दोष त्यसको आफ्नै टाउकोमा हुनेछ।
"अब मानौँ त्यस मानिसको एउटा छोरा छ, जसले आफ्नो बुबाले गरेका सबै पापहरू देख्छ; अनि त्यसले ती देखे तापनि यस्ता कुराहरू गर्दैन:
"त्यसले पर्वतका देवस्थानहरूमा खाँदैन,
अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन।
त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन।
त्यसले कसैलाई पनि अत्याचार गर्दैन,
अथवा ऋणको निम्ति बन्धक लिँदैन।
त्यसले लुटपाट गर्दैन,
तर त्यसले भोकाएकाहरूलाई आफ्ना भोजन दिन्छ,
र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ।
त्यसले गरिबहरूलाई गलत व्यवहार गर्नबाट आफ्ना हात रोक्छ
र रकमको ब्याज लिँदैन अथवा फाइदा लिँदैन।
त्यसले मेरा आज्ञाहरू पालन गर्छ र मेरा उर्दीहरू मान्छ।
त्यो आफ्नो बुबाको पापको कारण मर्नेछैन; त्यो निश्चय नै जीवित रहनेछ। तर त्यसको बुबा आफ्नै पापको कारण मर्नेछ; किनकि त्यसले जबरजस्तीसँग खराब गरेको छ, र आफ्ना दाजुभाइलाई लुटेको छ; अनि आफ्ना मानिसहरूका बीचमा जुन कुरा खराब थियो, त्यही गरेको छ।
"तापनि तिमीहरू सोध्छौ, ‘त्यो छोरा आफ्नो बुबाको दोषको सहभागी किन भएन?’ त्यो छोराले जे न्यायसङ्गत र ठिक थियो, त्यही गर्यो; अनि मेरा उर्दीहरू होसियारीसाथ पालन गरेको कारण त्यो निश्चय नै जीवित रहनेछ। जसले पाप गर्छ, त्यही मर्नेछ। छोराछोरीले बुबाआमाको दोषको दण्ड भोग्नेछैनन्, न त बुबाआमाले छोराछोरीको दोषको दण्ड भोग्नेछन्। धर्मीले आफ्नो धार्मिकताको फल, र दुष्टहरूले तिनीहरूको दुष्टताको परिणाम पाउनेछन्।
"तर यदि कुनै दुष्ट मानिस आफूले गरेका सबै पापहरूबाट फर्कन्छ, र त्यसले मेरा सबै उर्दीहरू पालन गर्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यो निश्चय नै जीवित रहनेछ, त्यो मर्नेछैन। त्यसले गरेका कुनै पनि अपराधको सम्झना त्यसको विरुद्धमा हुनेछैन। त्यसले गरेका धार्मिक कुराहरूको कारण त्यो जीवित रहनेछ। के म दुष्टको मृत्युमा खुशी हुन्छु र? प्रभु याहवेह घोषणा गर्नुहुन्छ। बरु के तिनीहरू आफ्ना दुष्ट चालबाट फर्कँदा म खुशी हुँदिनँ र?
"तर धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्केर पाप गर्छ, र दुष्ट मानिसले गर्ने त्यही घिनलाग्दा कामहरू गर्छ भने के त्यो जीवित रहला र? त्यसले गरेको कुनै पनि धार्मिक कामहरूको सम्झना हुनेछैन। त्यसले गरेका अविश्वासयोग्यताको दोषको कारण र त्यसले गरेका पापहरूको कारण त्यो मर्नेछ।
"तापनि तिमीहरू भन्छौ, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलीहरू हो, सुन: के मेरो मार्ग न्यायसङ्गत छैन? के तिमीहरूकै चालहरू बेठीक छैनन् र? यदि कुनै धर्मी मानिसले आफ्नो धार्मिकतालाई त्याग्छ, र पाप गर्छ भने त्यसको निम्ति त्यो मर्नेछ; त्यसले गरेको पापको कारण त्यो मर्नेछ। तर यदि एक जना दुष्ट मानिस आफूले गरेको दुष्टताबाट फर्कन्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यसले आफ्नो प्राण बचाउनेछ। त्यसले आफूले गरेका सबै अपराधहरू विचार गरेर तीबाट फर्केको कारण, त्यो व्यक्ति निश्चय नै जीवित रहनेछ; त्यो व्यक्ति मर्नेछैन। तापनि इस्राएलीहरू भन्छन्, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलका मानिसहरू हो, के मेरा मार्गहरू न्यायसङ्गत छैनन् र? के तिमीहरूकै मार्गहरू बेठीक छैनन् र?
"यसकारण हे इस्राएलीहरू हो, म हरेकलाई तिमीहरूका आफ्नै चालहरूअनुसार न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। पश्चात्ताप गर! तिमीहरूका सबै अपराधहरूबाट फर्क; तब तिमीहरूको पतनको कारण पाप हुनेछैन। तिमीहरूले गरेका सबै अपराधहरूलाई त्यागिदेओ; अनि नयाँ हृदय र नयाँ आत्मा लेओ। हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ? किनकि कसैको पनि मृत्युमा म प्रसन्न हुँदिनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। यसकारण पश्चात्ताप गर, र जीवित रहो!
केही मानिसले ढिलापनको विषयमा सोचेझैँ, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्न; तर प्रत्येकले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।
Transformação
Voltai-vos para mim e sereis salvos! Rasgai o coração e não as vestes. A verdadeira conversão transforma o interior.
दुष्टले आफ्नो चाल,
र अधर्मीले आफ्नो विचार त्यागोस्।
तिनीहरू याहवेहतिर फर्कून्,
र उहाँले तिनीहरूमाथि कृपा देखाउनुहुनेछ;
अनि हाम्रा परमेश्वरतर्फ फर्कून्;
किनकि उहाँले सित्तैँमा क्षमा दिनुहुनेछ।
मैले तेरा अपराधहरूलाई बादलझैँ,
र तेरा पापहरूलाई बिहानको तुवाँलोझैँ हटाइदिएँ।
मकहाँ फर्की;
किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु।"
"अहिले पनि," याहवेह घोषणा गर्नुहुन्छ,
"तिमीहरूको सारा हृदयले,
उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।"
तिमीहरूको कपडा होइन,
तर आफ्नो हृदय फटाओ।
अनि याहवेह तिमीहरूका परमेश्वरतिर फर्क;
किनकि उहाँ अनुग्रही र कृपालु हुनुहुन्छ,
रिसाउनमा ढिला र प्रेममा भरिपूर्ण हुनुहुन्छ;
अनि विपत्ति ल्याउने कुरामा पुनर्विचार गर्नुहुन्छ।
यदि मेरो नामद्वारा बोलाइएका मेरा मानिसहरूले आफूलाई विनम्र तुल्याएर प्रार्थना गर्दै मतिर फर्के भने, र आफ्ना दुष्ट चालहरूबाट फर्के भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु; अनि तिनीहरूका पाप क्षमा गरेर तिनीहरूको देशलाई निको पार्नेछु।
हिजकियाले सारा इस्राएल र यहूदामा खबर पठाए; अनि एफ्राइम र मनश्शेलाई पनि पत्रहरू लेखे। तिनीहरूलाई याहवेह इस्राएलका परमेश्वरका निम्ति यरूशलेममा याहवेहको मन्दिरमा निस्तार चाड मनाउन आऊन् भनी निम्तो पठाए। राजा, तिनका अधिकृतहरू र यरूशलेममा भएका सम्पूर्ण समुदायले दोस्रो महिनामा निस्तार चाड मनाउने निर्णय गरे। पर्याप्त मात्रामा पुजारीहरूले आफूलाई शुद्ध नपारेका र मानिसहरू यरूशलेममा भेला नभएका हुनाले तिनीहरूले त्यस चाडलाई नियमित समयमा मनाउन सकेका थिएनन्। यो योजना राजालाई र सम्पूर्ण समुदायलाई उचित लाग्यो। तिनीहरूले इस्राएलभरि, बेर्शेबादेखि दानसम्मैका मानिसहरूलाई याहवेह, इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउने उर्दी घोषणा गर्न पठाउने निश्चय गरे। लेखिएअनुसार यसलाई ठूलो संख्यामा मनाइएको थिएन।
राजाको हुकुमअनुसार राजा र तिनका अधिकृतहरूबाट पत्रहरू लिएर सन्देश वाहकहरू इस्राएल र यहूदाभरि पठाइए। ती पत्रहरूमा यस्तो लेखिएको थियो:
"इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र याकोबका परमेश्वर याहवेहकहाँ फर्केर आओ। तिमीहरू छोडिएकाहरू र अश्शूरका राजाहरूका हातबाट उम्केकाहरूकहाँ उहाँ पनि फर्किआऊन्। तिमीहरूका पुर्खा र सङ्गी इस्राएलीहरूझैँ नहोओ, जो याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरप्रति विश्वासघाती थिए; तिमीहरूले देखेकै छौ, उहाँले तिनीहरूलाई आतङ्कको पात्र बनाउनुभयो। तिमीहरूका पुर्खाहरूझैँ याहवेहप्रति हठी नभई उहाँमा समर्पित होओ। उहाँले सधैँका लागि पवित्र पार्नुभएको पवित्रस्थानमा आओ। याहवेह, आफ्ना परमेश्वरको सेवा गर; ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्। यदि तिमीहरू याहवेहतिर फर्कियौ भने तिमीहरूका दाजुभाइहरू र तिमीहरूका बालबच्चाहरूले तिनीहरूलाई पक्रनेहरूबाट दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउनेछन्; किनकि याहवेह तिमीहरूका परमेश्वर अनुग्रही र दयालु हुनुहुन्छ। तिमीहरू उहाँकहाँ फर्कियौ भने उहाँले तिमीहरूदेखि आफ्नो अनुहार फर्काउनुहुनेछैन।"
ती सन्देश वाहकहरू एफ्राइम र मनश्शेमा जबूलूनसम्मै एक सहरदेखि अर्को सहरमा गए; तर मानिसहरूले तिनीहरूको अनादर गरे र ठट्टा गरे। तरै पनि आशेर, मनश्शे र जबूलूनका कतिपय मानिसहरूले आफूलाई विनम्र तुल्याए, र यरूशलेममा गए। यहूदामा पनि याहवेहको वचनअनुसार राजा र तिनका अधिकृतहरूले दिएका हुकुम पालन गर्नलाई एकै मनका हुनको निम्ति परमेश्वरका हात मानिसहरूमाथि थियो।
दोस्रो महिनामा अखमिरी रोटीको चाड मनाउनलाई मानिसहरूको एउटा ठूलो भीड यरूशलेममा भेला भयो। तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाइदिए र धूप-वेदीहरू निकालिदिए; र किद्रोनको खोल्सामा फ्याँकिदिए।
तिनीहरूले दोस्रो महिनाको चौथो दिन निस्तारको थुमा मारे। पुजारीहरू र लेवीहरू लज्जित भए; अनि तिनीहरूले आफूलाई पवित्र बनाएर याहवेहको मन्दिरमा होमबलि ल्याए। तब तिनीहरूले परमेश्वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार आफ्ना नियमित स्थान लिए। अनि लेवीहरूले तिनीहरूलाई सुम्पेको रगत पुजारीहरूले वेदीमा छर्के। त्यस भीडमा भएका धेरैले आफूलाई शुद्ध नतुल्याएका कारण, लेवीहरूले विधिअनुसार शुद्ध नभएका र आफ्ना थुमाहरूलाई याहवेहकहाँ अर्पण गर्न नसकेकाहरूका निम्ति निस्तारका थुमाहरू मार्नुपर्यो। एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएका धेरैजसो मानिसहरूले आफूलाई शुद्ध नतुल्याएका भए तापनि तिनीहरूले लेखिएका कुराको विपरीत निस्तारको भोजन खाए। तर हिजकियाले तिनीहरूका निम्ति यसो भनेर प्रार्थना गरे, "असल याहवेहले ती हरेकलाई क्षमा गरून्, जो पवित्रस्थानका नियमहरूअनुसार शुद्ध नभए तापनि तिनीहरूले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोज्नमा आफ्ना हृदय लगाउँछन्।" याहवेहले हिजकियाका कुरा सुनेर मानिसहरूलाई निको पार्नुभयो।
यरूशलेममा उपस्थित रहेका इस्राएलीहरूले ठूलो रमाहटसित सात दिनसम्म अखमिरी रोटीको चाड मनाए। लेवीहरू र पुजारीहरूले प्रत्येक दिन याहवेहको प्रशंसाका बाजाहरूसित याहवेहको निम्ति गाए।
हिजकियाले याहवेहको सेवाको असल समझशक्ति देखाउने लेवीहरूसित उत्साहपूर्वक कुराकानी गरे। सात दिनसम्म तिनीहरूले आफ्ना छुट्याइएका भोज खाइरहे। याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरकहाँ मेलबलि चढाए, र उहाँको प्रशंसा गरे।
त्यसपछि सारा समुदाय अरू सात दिनसम्म चाड मनाउन सहमत भए। यसकारण तिनीहरूले अरू सात दिन आनन्दसाथ उत्सव मनाए। यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार वटा गोरु र सात हजार भेडाबाख्रा दिए। अधिकृतहरूले एक हजार गोरु र दश हजार भेडाबाख्रा बन्दोबस्त गरिदिए। पुजारीहरूको एउटा ठूलो संख्याले आफूलाई पवित्र तुल्याए। पुजारीहरू, लेवीहरू र इस्राएलबाट भेला भएका सबैसित यहूदाको सारा समुदायले आनन्द मनाए। त्यसमा इस्राएलबाट आएका र यहूदामा बस्ने परदेशीहरू पनि सामेल थिए। इस्राएलका राजा दावीदका छोरा सोलोमनको समयपछि यो बेलासम्म यरूशलेममा यस्तो उत्सव नभएको कारण यरूशलेममा ठूलो रमाहट भयो। पुजारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिनलाई खडा भए, र परमेश्वरले तिनीहरूको कुरा सुन्नुभयो; किनकि प्रार्थना उहाँको पवित्र वासस्थान स्वर्गसम्म पुग्यो।
दारा राजाको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा, अगमवक्ता जकरियाकहाँ आयो:
"याहवेह तेरा पितापुर्खाहरूसँग अति क्रोधित हुनुभएको थियो। त्यसैकारण मानिसहरूलाई भन्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘मकहाँ फर्क,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीहरूकहाँ फर्कनेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। तिमीहरूका पितापुर्खाहरू जस्ता नहोओ, जसलाई पहिलेका अगमवक्ताहरूले यसरी घोषणा गरेका थिए: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरूका दुष्ट चालहरूबाट र तिमीहरूका दुष्ट कामहरूबाट फर्क।’ तर तिनीहरूले मेरो कुरा सुनेनन् अथवा मेरा कुरामा ध्यानै दिएनन्, याहवेह घोषणा गर्नुहुन्छ। तिमीहरूका पितापुर्खाहरू अहिले कहाँ छन्? अनि ती अगमवक्ताहरू, के तिनीहरू सदा जीवित छन्? तर हेर मैले आफ्ना सेवक, अगमवक्ताहरूलाई आज्ञा दिएका मेरा वचनहरू र आदेशहरू के तिमीहरूका पितापुर्खाहरू माथि आइलागेनन् र?
"त्यसपछि तिनीहरूले पश्चात्ताप गरे र भने, ‘आफूले निश्चय गर्नुभएझैँ, सेनाहरूका याहवेहले हाम्रा चालहरू र कामहरूअनुसार हामीलाई सुहाउने व्यवहार गर्नुभएको छ।’ "
दारा राजाको शासनकालको दोस्रो वर्षको एघारौँ महिना, अर्थात् शबात महिनाको चौबीसौँ दिनमा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा अगमवक्ता जकरियाकहाँ आयो।
रातको समयमा मैले दर्शन देखेँ, र त्यहाँ मेरो सामु रातो घोडामाथि सवार भएका एक जना मानिस थिए। तिनी खोल्साका मेहदीका रूखहरूका बीचमा उभिरहेका थिए। तिनको पछिल्तिर राता, खैरा र सेता घोडाहरू थिए।
मैले सोधेँ, "मेरो प्रभु, यी के हुन्?"
मसँग कुरा गरिरहने स्वर्गदूतले जवाफ दिए, "म तिमीलाई देखाउनेछु कि तिनीहरू के हुन्।"
तब मेहदीका रूखहरूका बीचमा उभिरहेका मानिसले जवाफ दिए, "यिनीहरू तिनै हुन्, जसलाई याहवेहले पृथ्वीका चारैतिर जाऊन् भनी पठाउनुभएको हो।"
अनि तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहेका याहवेहका स्वर्गदूतलाई बताए, "हामी पृथ्वीभरि गयौँ, र सारा संसार विश्राम र शान्तिमा रहेको भेट्टायौँ।"
त्यसपछि याहवेहका स्वर्गदूतले भने, "हे सेनाहरूका याहवेह, तपाईंले कहिलेसम्म यरूशलेम र यहूदाका सहरहरूबाट आफ्नो कृपा रोकिराख्नुहुन्छ, जससित तपाईं यी सत्तरी वर्षदेखि रिसाउनुभएको छ?" यसकारण मसँग कुरा गर्ने ती स्वर्गदूतसित याहवेहले दयालु र सान्त्वनाका वचनहरू बोल्नुभयो।
तब मसँग कुरा गरिरहने स्वर्गदूतले भने, "यो वचन घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘म यरूशलेम र सियोनको निम्ति अति डाही भएको छु, तर ती राष्ट्रहरू, जसले सुरक्षित छौँ भनेर सोचिरहेका छन्, तिनीहरूप्रति म अति क्रोधित छु। म मेरा मानिसहरूसँग धेरै रिसाएको थिइनँ, तर अरू राष्ट्रहरूले तिनीहरूको सङ्कष्टलाई झन् बढाइदिए।’
"यसकारण याहवेह यसो भन्नुहुन्छ: ‘म कृपालु भएर यरूशलेममा फर्कनेछु, र त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। अनि नाप्ने डोरीले यरूशलेमलाई नापिनेछ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
"यसो भन्दै अझै घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘मेरा सहरहरू फेरि समृद्धिले भरिनेछन्, र याहवेहले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र यरूशलेमलाई चुन्नुहुनेछ।’ "
त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो सामु चार वटा सिङहरू थिए! मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, "यी के हुन्?"
"तिनले मलाई जवाफ दिए, यी सिङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारिदिएका थिए।"
तब याहवेहले मलाई चार जना कारिगरहरू देखाउनुभयो। मैले सोधेँ, "यिनीहरू के गर्न आउँदैछन्?"
उहाँले मलाई जवाफ दिनुभयो, "यहूदालाई तितरबितर पारिदिने यी सिङहरू नै हुन्, जसले गर्दा कसैले पनि आफ्नो शिर उठाउन सकेन, तर यहूदाका मानिसहरूलाई तितरबितर पार्ने यहूदाको देशको विरुद्धमा आफ्ना सिङहरू उठाउने राष्ट्रहरूलाई त्रसित तुल्याउन र फ्याँकिदिनलाई यी कारिगरहरू आएका हुन्।"
जसलाई म प्रेम गर्छु, तिनीहरूलाई म हप्काउँछु, र अनुशासनमा राख्छु। यसकारण उत्साहित होओ र पश्चात्ताप गर।
यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो।
आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर। तर मृत्युबाट जीवन पाएकाहरूझैँ, आफूलाई परमेश्वरका निम्ति अर्पण गर, र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर।
दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिस पापमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै उसलाई नम्रतासाथ सुधार गर, तर तिमी आफैँ पनि होसियारी बस; नत्रता तिमी पनि परीक्षामा परौला।
यसकारण तिमीहरूमा भएका सबै अनैतिक फोहोर र दुष्टतालाई त्याग; अनि तिमीहरूमा रोपिएको वचनलाई स्वीकार गर, जसले तिमीहरूलाई बचाउन सक्छ।