Convicção
A convicção cristã é firmeza de fé que não se abala diante da oposição. É a certeza interior que compele a proclamar a verdade com ousadia, independentemente das consequências.
Ousadia para falar
Recebereis poder e sereis minhas testemunhas. A convicção do Espírito nos equipa para proclamar com coragem e sem vergonha.
तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ; र तिमीहरू यरूशलेममा, सम्पूर्ण यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ।"
जब तिनीहरूले पत्रुस र यूहन्नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए।
पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए: "हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञाको पालन गर्नैपर्छ!
मेरा निम्ति पनि प्रार्थना गर, कि जब म बोल्छु, तब सुसमाचारको रहस्य साहससँग भन्न मलाई शब्दहरू दिइयोस्, जसको लागि म साङ्लाहरूमा बाँधिएको एक राजदूत हुँ। मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै म विनाडर घोषणा गर्न सकूँ।
किनकि म सुसमाचारसँग लजाउँदिनँ। किनभने यो परमेश्वरको शक्ति हो, जसले विश्वास गर्नेहरू सबैमा मुक्ति ल्याउँदछ: यहूदीलाई पहिले, त्यसपछि गैरयहूदीलाई।
यस व्यभिचारी र पापी पुस्तामा यदि कोही म र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।"
यसकारण हाम्रा प्रभुको साक्षी दिन शर्म नमान, न त उहाँको कैदी, मेरो विषयमा नै; तर सुसमाचारका लागि कष्टमा परमेश्वरको शक्तिद्वारा मसँग सहभागी होऊ।
यसकारण यी कुराहरू तिमीले विश्वासीहरूलाई उत्साहकासाथ सिकाउनैपर्छ। सम्पूर्ण अधिकारसहित तिनीहरूलाई अर्ती देऊ र हप्काऊ, कसैले तिमीलाई अवहेलना नगरोस्।
Firmeza e confiança
Não temas diante dos homens. A Palavra de Deus é fogo na boca do profeta e firmeza na vida do crente.
तर याहवेहले मलाई भन्नुभयो, "म बालकै छु भनी नभन्। मैले तँलाई पठाएका सबै मानिसहरूकहाँ तँ जानैपर्छ र मैले तँलाई जे-जे आज्ञा गर्छु, त्यो तैँले भन्नैपर्छ।
हे सियोनमा शुभ समाचार ल्याउने,
अग्लो पर्वतमा चढ्!
हे यरूशलेममा शुभ समाचार ल्याउने,
आफ्नो सोर जोडले उचाल्,
सोर उचाल्, नडरा;
यहूदाका नगरहरूलाई भन्,
"तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ!"
थाकेकाहरूलाई उत्साह दिने शब्द जान्नका निम्ति
प्रभु याहवेहले मलाई सिकाउने जिब्रो दिनुभएको छ।
उहाँले मलाई बिहानैपिच्छे बिउँझाउनुहुन्छ,
मेरो कानलाई सिक्नेलाई झैँ बिउँझाउनुहुन्छ।
म तेरो निधारलाई चकमके ढुङ्गाभन्दा कडा बनाइदिनेछु। यद्यपि तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूसँग नडरा अथवा तिनीहरूदेखि त्रसित नहो।"
म तपाईंका कानुनहरूका विषयमा राजाहरूका सामु बोल्नेछु,
र म लाजमा पर्नेछैनँ।
गैरयहूदीहरूको बीचमा यस्तो असल जीवन बिताओ, कि उनीहरूले तिमीहरूलाई गलत काम गरेको आरोप लगाए तापनि तिमीहरूका सुकर्म देखून्, र प्रभु हामीकहाँ आउनुहुने दिनमा परमेश्वरको महिमा गरून्।
मानिसको डर पासोमा प्रमाणित हुन्छ;
तर जसले याहवेहमाथि भरोसा राख्छ, ऊ सुरक्षित रहन्छ।
तर परमेश्वरले सुसमाचार सुम्पिन योग्य ठहराउनुभएका मानिसहरूझैँ हामी बोल्दछौँ। हामी मानिसहरूलाई प्रसन्न पार्न होइन, तर हाम्रा हृदय जाँच गर्नुहुने परमेश्वरलाई प्रसन्न पार्न कोसिस गर्दछौँ।
"तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसेको सहर लुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर भाँडोमुनि राख्दैनन्; तर तिनीहरूले त्यसलाई सामदानमाथि राख्छन्। अनि त्यसले घरभित्र भएका सबैलाई उज्यालो दिन्छ। यस्तै किसिमले तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, ताकि तिनीहरूले तिमीहरूका असल कामहरू देखेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।