Coração puro
Bem-aventurados os puros de coração, porque verão a Deus. A pureza de coração é alvo, privilégio e busca constante do cristão que deseja contemplar a face do Senhor.
Coração puro
Bem-aventurados os puros de coração. A pureza interior precede toda transformação externa e abre os olhos para ver a Deus.
शुद्ध हृदय हुनेहरू धन्य हुन्,
किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
याहवेहको डाँडामा को उक्लिन सक्ला?
उहाँको पवित्रस्थानमा को उभिन सक्ला?
त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ;
जसले मूर्तिमाथि भरोसा राख्दैन,
अथवा जसले झूटो ईश्वरको नाममा शपथ खाँदैन।
तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्,
र मुक्तिदाता परमेश्वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ।
मेरा पापहरूदेखि आफ्नो मुहार लुकाउनुहोस्,
र मेरा सारा अधर्महरू मेटिदिनुहोस्!
हे परमेश्वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्,
र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!
तपाईंको उपस्थितिबाट मलाई टाढा नहटाउनुहोस्,
र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस्!
साँच्चै नै परमेश्वर इस्राएलको निम्ति भलो हुनुहुन्छ;
तिनीहरूको निम्ति, जसको हृदय शुद्ध छ।
Purificar-se
Todo o que tem essa esperança em Cristo se purifica. O amor procede de coração puro, boa consciência e fé sincera.
यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई उहाँजस्तै शुद्ध राख्छन्, जस्तो कि उहाँ शुद्ध हुनुहुन्छ।
प्रिय मित्रहरू हो, अहिले हामी परमेश्वरका सन्तान हौँ, र हामी के हुनेछौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौँ, ख्रीष्ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौँ; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौँ। यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई उहाँजस्तै शुद्ध राख्छन्, जस्तो कि उहाँ शुद्ध हुनुहुन्छ।
यस आज्ञाको लक्ष्य प्रेम हो, जुन शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउँछ।
यसकारण जवानीका खराब अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुको नाम लिनेहरूसित धार्मिकता, विश्वास, प्रेम र शान्तिको पछि लाग।
मेरो प्रार्थना यही छ: ज्ञान र अन्तर्दृष्टिको गहिराइमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्। यस उद्देश्यले कि तिमीहरूले जे उत्तम छ, त्यो छुट्याउन सक; ताकि ख्रीष्टको पुनरागमनमा तिमीहरू शुद्ध र दोषरहित रहन सक। अनि परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक।
गनगन र वाद-विवाद नगरी सबै काम गर; ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, "टेढो र भ्रष्ट पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान बन्न सक।" तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैँ चम्कनेछौ। यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिनँ अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको पुनरागमनमा म गर्व गर्न सकूँ।
अब तिमीहरूले सत्यको पालना गरी आफूलाई शुद्ध बनाएका छौ; र यसैकारणले तिमीहरूसित एक-अर्काका निम्ति विशुद्ध प्रेम छ, तिमीहरू एक-अर्कालाई आफ्नो हृदयबाट नै गहिरो प्रेम गर।
हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ;
तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्।